मेष – सरकारी कामबाट फाइदा एवं ठूलाबडाको आशीर्वाद मिल्नेछ । राजनीतिक क्षेत्रमा थप अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम् दाजुभाइको स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको मध्यमा भने राम्रो आम्दानी हुने एवम् लगानीमा प्रतिफल मिल्नेछ । साताको अन्त्य भने खर्चिलो एवम् यात्रामा झन्झट र शारीरिक कठिनाइ हुनेछ ।
वृष – धार्मिक एवम् सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम् वैदेशिक कामबाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम् नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम् खर्च बढ्नेछ । साताको मध्यमा भने राजनीतिक भेटघाट हुने, ठूलावडाले साथ दिने एवम् काममा जस मिल्नेछ । साताको अन्त्यमा भने आम्दानीले साथ दिनाले कारोबारमा सन्तुष्टि मिल्नेछ । कृषि क्षेत्रबाट आम्दानी राम्रो हुनेछ ।
मिथुन –साझेदारीलगानी एवं सक्झौतामा धोका हुन सक्नेछ । स्वास्थ्यमा बाधा एवम् काममा रोकावट हुनेछ । अपजसको भय एवम् मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम् यात्राको सुख मिल्नेछ । वैदेशिक कारोबारमा फाइदा मिल्ने टाढाका आफन्तबाट धनको सहयोग मिल्नेछ । शिर दर्द एवम् शारीरिक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवम् माटोबाट लाभ मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक सहयोग मिल्ने एवम् कामबाट जस पाइनेछ ।
कर्कट –व्यावसायिक यात्रा हुनेछ । जिम्मेबारी बढ्नाले व्यक्तिगत काममा अवरोध हुनेछ । प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम् पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम् गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवम् गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवम् साताको अन्त्यमा विदेशबाट सहयोग प्राप्त हुनेछ । मातृपक्ष एवम् ससुराल पक्षबाट आर्थिक एवम नैतिक सहयोग मिल्नेछ ।
सिंह – नयाँ काममा लगानी हुनेछ । साथीभाइसँग रमाइलोमा खर्च बढी हुनेछ । सवारी साधन र भोग विलासितामा धन बढी जानेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम् स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम् नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवम् जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने एवम् प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ । साताको अन्त्य भने सामान्य तनावपूर्ण हुनेछ ।
कन्या – कला संगीत एवं विद्याध्ययनमा प्रगति एवम् वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम् काममा प्रगति मिल्नेछ । मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धी समस्या बढ्नेछ अनावस्यक झैझगडामा फसिने हुनाले अरुको मामलामा नजानु राम्रो हुनेछ । मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवम् सवारी साधनले धोका दिन सक्नेछ । साताको अन्त्यमा भने व्यावसायिक यात्रा हुने एवम् साझेदारीमा फाइदा मिल्नेछ । पारिवारिक भेटघाट एवम् यात्रामा खर्च बढ्नेछ ।
तुला – व्यवहारिक चिन्ताले सताउनेछ । मित्रतामा समस्या आउनाले काममा जोसजागर घट्नेछ । घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जीवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवम् खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार हुने एवम् वैदेशिक सहायता मिल्नेछ ।
वृश्चिक – नयाँ काममा जिम्मेवारी थपिनेछ । छोटो यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम् कृषिबाट फाइदा मिल्नेछ । मित्रता टुट्ने एवम् स्त्री पक्षसँग वैरभाव रहनेछ । बाेलीले शत्रुता बढ्नाले साथीभाइमा बैमनस्यता आउनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । आफन्तको धनको सहयोगले व्यवसायमा लगानी बढ्नेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवम कला, संगीतमा रुचि एवम् प्रगति बढ्नेछ ।
धनु – बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम् आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ ।शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ । उत्पादन मुलक क्षेत्रमा पुरानो व्यवसायमा प्रगति हुनेछ । पुरानो ऋणको भार कम हुनेछ ।साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति प्रेममा भनाभन एवम् पारिवारिक विवाद निम्तिनेछ । सन्तानकोस्वास्थ्यमा बाधा एवम् चिसोको समस्याले खर्च बढ्नेछ ।
मकर- खुशीको खबर आउनेछ । वैदेशिक काममा प्रगति एवम् यात्राको काममा खर्च हुनेछ । नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम् रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम् नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठूलाबडासँग सम्बन्ध बढ्नेछ । बाहनबाट सामान्य क्षति एवम् सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सवारी साधनले सामान्य चोटपटकको योग देखिन्छ । विनाकारण निउ खोज्नेहरु भेटिनेछन् ।
कुम्भ – टाढाको यात्रामा खर्च हुनेछ । महत्वपूर्ण सामान हराउन सक्ने एवम् परिवारमा आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम् स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवम् पेटको समस्याले दुःख दिनेछ सन्तानका लागि स्वास्थ्यमा खर्च बढ्न सक्नेछ । छोटो यात्राको अवसर मिल्ने एवम् दाजुभाइबाट भने सहयोग पाइनेछ । कृषि एवम् तरल पदार्थबाट धन आर्जन हुने एवम् महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ ।
मीन – सामान्य आम्दानीले साथ दिनेछ । पशुचौपाय तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ । माता स्त्री वर्गबाट धनको सहयोग मिल्नेछ । माइती मावलीको साथ सहयोगले व्यवसाय अगाडि बढ्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम् अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवम् अंशबण्डा एवम् घरायसी सम्पत्तिमा विवाद आउनेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी