Logo कार्तिक ६, २०७७ बिहीबार


कविता : हाइटेन्सन लाइन

-राजेन्द्र तारकिणी

पहिलोपटक हो तिमीले
एकदम नजिकबाट स्पर्श गरेकी
पहिलोपटक हुँ मैले
यौवनको हाइटेन्सन लाइन छोएको !
कत्रो थियो त्यो करेन्टको वेग
कति जुगदेखि सँगालिराखेकी थियौ
एकदम हिफाजतसाथ
र, आज
बेहिफाजत बहाइदियौ… ।

अहो ! म झण्डै खाग भएँ
क्रमशः क्रमशः जलेको होइनँ,
एकैचोटि सल्किएँ !
ती ओठ त फिलिङ्गा थिए
जुन पर्याप्त हुन्थ्यो जिन्दगी–चुरोट सल्काउन
आँखामा बलिरहेको थियो निलो सूर्य
जसले सजिलै बिथोलिदिन्थ्यो
मामुली चमेली–सौन्दर्यहरू
ती गालाभरि ९७ सालको रगत उम्लिएको थियो
जहाँ भर्जिन इच्छाहरू फाँसी चढ्न तयार थिए
वदनमा दगुरिरहेको थियो–७२ सालको भुँइचालो
जसलाई मापन गर्न सकिँदैनथ्यो कुनै स्केलमा
पराकम्पित थिए सम्पूर्ण अङ्ग–प्रत्यङ्गहरू !
मस्तिष्कका तारहरू
चट्याङसँग हात मिलाएजस्तो
हृदयका सितारहरू
आँधीको अँगालोमा झुनझुनाएजस्तो
तिम्रो यो पहिलो स्पर्श
मेरा लागि जिन्दगीभरका लागि थियो !

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।