Logo कार्तिक १३, २०७७ बिहीबार


आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको छ : नेपाल राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र र्बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको देखाएको छ । शुक्रबार चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक सार्वजनिक गर्दै केन्द्रीय बैंकले मूल्यवृद्धि ३ दशमलव चार नौ प्रतिशतमा सिमित भएको जनाएको हाे ।

गतवर्ष यस्तो मूल्यवृद्धि ६ दशमलव नौ पाँच प्रतिशत रहेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा आयात १६ दशमलव ६ प्रतिशतले घटेको छ भने निर्यात ८ दशमलव नौ प्रतिशतले बढेको छ । यस्तै शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ ।

रेमिट्यान्स २३ प्रतिशतले बढेको छ भने कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब २ करोड अमेरिकी डलर रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । संघीय सरकारको खर्च १ अर्ब ९५ करोड र राजश्व परिचालन ५८ दशमलव आठ एक करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।