Logo कार्तिक १३, २०७७ बिहीबार


उत्तर कोरियाली नेता उनले मागे माफी

काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो भूमिमा दक्षिण कोरियाली नागरिक मारिएको विषयमा माफी मागेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनलाई पत्र लेख्दै किमले घटनाप्रति दुःख व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण कोरियाका अनुसार उत्तर कोरियाबाट भागेर जाने क्रममा ४७ वर्षीय व्यक्तिलाई उत्तर कोरियाली सुरक्षाकर्मीले भेटाएका थिए ।सुरक्षाकर्मीको गोली लागेपछि उनको मृत्यु भएको थियो । किमले ती व्यक्तिको मृत्युमा आफू धेरै निराश भएको अभिव्यक्ति दिएका छन् ।

उत्तर कोरियाले उक्त घटनाको अनुसन्धान प्रतिवेदन दक्षिण कोरियालाई समेत बुझाएको छ । प्रतिवेदनका अनुसार ती व्यक्तिमाथि १० पटक गोली चलाइएको थियो ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा निर्देशकका अनुसार ४७ वर्षीय व्यक्ति पहिला उत्तर कोरिया प्रवेश गरेका थिए । त्यहाँ उनले आफ्नो पहिचान पुष्टि गर्न नसकेपछि भाग्ने प्रयास गरेका थिए । त्यसै क्रममा उत्तर कोरियाली सुरक्षाकर्मीले उनीमाथि गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।