Logo कार्तिक ६, २०७७ बिहीबार


कविता : निशाना

-रुपा मोक्तान

तिम्रो ताकतको निशाना
सही ठाउँमा परेको भए
भत्किन्थे होला विसंगति
र बेथितिको त्यो पहाड ।

तिम्रो ताकतको निशाना
वैरीको छाति भैदिएको भए
खाली गर्थे होलान् हडपेको भूमी
ऐजन ऐजन हुन्थे होला जंगे पिलर ।

तिम्रो ताकतको निशाना
भ्रष्टचारी उपर भैदिएको भए
हायलकायल हुन्थे होलान् भ्रष्टहरु ।

तिम्रो ताकतको निशाना
बलात्कारी,अपराधी उपर भैदिएको भए
कुनै चेलीले अकालमा मर्नुपर्ने थिएन ।
तर,
तिम्रो ताकतको निशाना
चुकेको छ यसपटक
जुन आफ्नै रक्षा कवज उपर परे
जो हाम्रै सुरक्षार्थ भोकै–प्यासै
खटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।

समुद्रमा छाल आएका बेला चराहरु एकैसाथ आकाशमा उड्ने हुँदा यो दृश्य देखिने पर्यटक बताउँछन् ।