Logo कार्तिक ११, २०७७ मंगलबार


दम्पतीमाथी अन्धाधुन्ध खुकुरी र खुँडा प्रहार, श्रीमतीको मृत्यु श्रीमानको अवस्था गम्भीर

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा दम्पतीमाथी अन्धाधुन्ध खुकुरी र खुँडा प्रहार हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । शुक्रवार साँझ ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको हो। आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ ।

हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । दम्पतीलाई देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर आक्रमण गरेका थिए । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी एसपी सिद्धीविक्रम शाहले बताउनुभयो।

गत असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई धम्की दिँदै आएको थियो । साँझ साढे ८ बजेतिर गाउँमा गफ गरेर बसिरहेको बेला खुकुरी लिएर आएका समूहले महेशलाई मार्ने धम्की दिएर सो समूह गाउँको दक्षिणतिर लाग्यो । धम्की दिएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमणमा उत्रियो । श्रीमानलाई बचाउन खोज्दा जगरामी देवीको हत्या भयो । उनको टाउको र घाँटीमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि आक्रमणकारी भागेका थिए । सोही कारणले हत्या भएको हुनसक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स