Logo कार्तिक ६, २०७७ बिहीबार


अफगानिस्तानकी किशोरी शमसीया अलीजादा यसरी बनिन् रातारात सेलिब्रेटी

काठमाडौं । अफगानिस्तानकी १८ वर्षीया किशोरी शमसीया अलीजादाको अहिले विश्वभर चर्चा भैरहेको छ । उनको चर्चाको कारण हो उनले रचेको इतिहास । अलीजादाले अफगानिस्तानको नेशनल यूनिवर्सिटी प्रवेश परीक्षामा सबैभन्दा बढी अंक ल्याएर इतिहास रचेकी हुन् । झण्डै दुई लाख विद्यार्थीहरु सहभागी परीक्षाको नतिजा गत आइतवार प्रकाशित गरिएको थियो । जसमा अलीजादाले सबैभन्दा बढी अंक ल्याएर यूनिवर्सिटी टप गरेकी हुन् । उनलाई यो खबर सवैभन्दा पहिले सुनाउने उनकी आमा थिइन् ।

‘म टेलिभिजनमा समाचार हेर्दै थिएँ । त्यही समयमा मेरी आमा हास्दै,मुस्कुराउँदै मेरो कोठामा आउनुभयो र मैले यूनिवर्सिटी टप गरेको खबर सुनाउनुभयो ।’  अलीजादाले थपिन्–’मैले यूनिवर्सिटी टप गर्नुभन्दा बढी मूल्यवान थियो त्यतिखेर आमाको मुहारमा देखिएको खुशी र गौरव । किन की मैले मेरी आमाको मुहारमा मुस्कान नदेखेको धेरै वर्ष भैसकेको थियो ।’

अलीजादाका अनुसार यूनिवर्सिटीमा पढ्न जाने विषयमा आमालाई राजी गराउन सबैभन्दा गाह्रो भएको थियो । उनी भन्छिन्–’मलाई जसरी पनि यूनिवर्सिटीमा पढ्नु थियो । यता आमा मैले पढ्न बाहिर निस्केर कुनै खतरा मोलोस् भन्ने चाहनु हुन्नथ्यो । म जुन कोचिङ सेन्टरमा पढ्न जान्थें,त्यहाँ २०१८ मा तालिबानीले आत्मघाती आक्रमण गरेको थियो । आक्रमणको समयमा त्यहाँ झण्डै २ सय विद्यार्थी पढिरहेका थिए । आक्रमणमा परी अधिकांश विद्यार्थीको ज्यान गयो । मैले पनि यस आक्रमणमा धेरै साथी गुमाएकी छु ।’

अलीजादा थप्छिन्–’आक्रमणपछि हामी केही विचलित भयौं तर हार मानेनौं । न कुनै डर नै लाग्यो । बरु हामीले मनमनै प्रण गर्यौं कि राम्रो शिक्षा लिएर देशमा विद्यमान गरीबी र अपराधविरुद्ध लड्नेछौं ।’

अलीजादाको सफलता यसकारण पनि महत्वपूर्ण छ कि अफगानिस्तानमा धेरै वर्षसम्म बालिका शिक्षा प्रतिबन्धित थियो । अर्थात बालिका वा महिलाहरुले पढ्न पाउँदैन थिए । सन् १९९० मा तालिबानी सरकार गठन भएपछि बालिका शिक्षामा पूर्ण रुपले बन्देज लगाइएको थियो ।

त्यसैले अलीजादाको यो सफलताले अफगानिस्तानमा बालिका शिक्षाको वकालत समेत गरेको छ । बालिकाहरुलाई पनि राम्रो शिक्षा दिनसके उनीहरुले पनि राम्रो उपलब्धी गरेर देखाइदिन सक्छन् भन्ने गतिलो सन्देश गएको छ । यसले सरकारलाई बालिका शिक्षालाई लिएर उसले गरेको प्रतिवद्दताको स्मरण समेत गराएको छ ।

त्यसो त तालिबानी सरकारको पतनपछि अफगानिस्तानमा बालिका शिक्षाको ढोका पुनः खुलेको थियो । अफगानिस्तानको हालको शैक्षिक अवस्था सुधारोन्मुख छ । तर अहिले पनि महिलाको साक्षतरता २४ दशमलव २ रहेको छ । अहिले अफगानिस्तानमा अध्ययनरत ९० लाख विद्यार्थीमध्ये ४० प्रतिशत महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।

समुद्रमा छाल आएका बेला चराहरु एकैसाथ आकाशमा उड्ने हुँदा यो दृश्य देखिने पर्यटक बताउँछन् ।