Logo कार्तिक ६, २०७७ बिहीबार


स्वास्थ्य मन्त्रालयकै संरक्षणमा कोरोना परीक्षणमा दोब्बर शुल्क लिँदै स्टार अस्पताल

काठमाडौं । कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ । सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको छ ।

सरकारले २८ भदौमा पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार कायम गरेको छ । कुनै पनि अस्पतालले योभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर, स्टार अस्पतालले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क असुलेको पाइएको छ । स्टारले प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिएको बिल फेला परेको छ । यो सरकारले तोकेको मूल्यभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी हो ।

सरकारले दुई हजार शुल्क तोकेको १३ दिनको भएको छ । यो अवधिमा मात्रै स्टारले ६ हजार सात सय ८० वटा नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयलाई बुझाएको रिपोर्टमा देखिन्छ । सरकारले तोकेको शुल्कमा परीक्षण गर्दा एक करोड ३५ लाख ६० हजार रुपैयाँ हुन्छ । तर, स्टार अस्पतालले एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ बढी असुल गरेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्टार अस्पतालले प्रत्येक दिन चार सयभन्दा बढी नमुना परीक्षण गरिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै स्टार अस्पतालमा सात सय २१ वटा नमुना परीक्षण गरिएको छ । जसबाट एकैदिनमा सरकारले तोकेभन्दा १३ लाख ६९ हजार एक सय ७९ रुपैयाँ बढी उठाएको छ । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।