Logo कार्तिक ११, २०७७ मंगलबार


आक्रमण गरी शवसमेत नछोडेपछि बाघ नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिकाको वडानम्बर १३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो ।

औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनाएर मुख्य कार्यालय कसरामा लगिएको उहाँले जानकारी दिनुभयो । कसराको खोरमा बाघलाई राखिएको छ ।

सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । निकुञ्जले थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।