Logo कार्तिक १०, २०७७ सोमबार


‘नागरिकको सहयोगले मात्रै कोरोना नियन्त्रण सम्भव हुन्छ’

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । मन्त्री मानन्धरले नागरिकको सहयोगले मात्रै सरकारले कोरोना नियन्त्रण गर्न सम्भव हुने बताउनुभएको हो ।

साधना कला केन्द्रले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा मानन्धरले भन्नुभयो, ‘करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा अर्बौं रुपैयाँ सकिएको छ तर अझै पनि नियन्त्रणमा आउन सकिरहेको छैन, त्यसैले यसको नियन्त्रण गर्न सबै नागरिकको सहयोग आवश्यक छ ।’

उहाँले साधना कला केन्द्रले अनलाइनमार्फत सम्पन्न गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत समेत गर्नुभयो । गायन प्रतियोगिता प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरेकी छन् । दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरेका छन् ।

गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएको साधना कला केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

आजको समाज र कानूनी दृष्टिमा हामी सबै बराबर हौं । देश हामी सबैको साझा हो ।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।

सरकारले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।