Logo कार्तिक १५, २०७७ शनिबार


काठमाडौं महानगरपालिकाले जथाभावी कोरोना परीक्षण नगर्ने

काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले जथाभावी कोरोना परीक्षण नगर्ने भएको छ । दैनिक करिब ४ सयको हाराहारीमा कोरोना परीक्षण गर्ने काठमाडौं महानगरपालिकाले अब सरकारको मापदण्डअनुसार मात्रै परीक्षण गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षण देखिएका, वृद्धा वा विदेशबाट आएर केही दिन आइसोलेसनमा बसेकालाई मात्र परीक्षण गर्न निर्देशन दिएपछि महानगरपालिकाले त्यही अनुरुप परीक्षण गर्न लागेको हो । महानगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार वडापिच्छे सधैंजसो कोरोना परीक्षण गर्ने कार्यक्रम स्थगित गरिएको छ ।

महानगरपालिकाले कोरोना संक्रमणको हट स्पटका रुपमा रहेको राजधानीमा अबदेखि ठूला बजार, सपिङ मल, दशैं लक्षित व्यापारिक क्षेत्रमा मात्रै परीक्षण गर्ने योजना बनाएको छ ।

जनस्वास्थ्य विभाग प्रमुख कुँवरले वडास्तरमा परीक्षणलाई पूर्णरुपमा बन्द नभई अत्यावश्यक भए पुनः परीक्षण गर्ने गरी योजना बनेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘विगतमा जसरी वडाको सिफारिसमा कोरोना लक्षण नदेखिएकालाई पनि परीक्षण गर्ने गरिएको थियो, अब त्यस्तो नगरी मन्त्रालयको मापदण्डअनुसार लक्षण देखिएकालाई मात्र परीक्षण गरिनेछ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष

करिब २ सातादेखि दुवै अध्यक्षबीच भेटवार्ता समेत नभएको बेला शनिबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको  छ । 

देशभर ७१ जनाको भेन्टिलेटर र तीन सय जना संक्रमितको आइसियुमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले कोराेनाका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताउनुभयो ।

तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो ।

आफ्नै कमाई अनुसार खर्च गर्ने हो। आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ।