Logo कार्तिक १२, २०७७ बुधबार


अक्करे भीरकाे यात्रा

हातभरिको रातो चुरालाई छिन्छिन् बजाउँदै ओल्टाइपल्टाइ हेर्छिन् । रातो सारी, रातै चोलीमा आफू अत्यन्तै राम्री देखिएको महसुश गर्छिन् । मुसुक्क मुस्कुराउँछिन् । उनमा खुशीको कुनै सीमा नै छैन । साथीहरुलाई देखाउन जान्छु भन्दै मण्डपबाट उठेर हावासरी दौडिन खोज्छिन् । तर त्यही बेला कसैले च्याप्प समातेर जग्गेमा थचारिदिन्छ ।

आरोह अवरोहकोबीच जिन्दगीले धार परिवर्तन गर्दै मानिसलाई कहाँ – कहाँ पु-याउछ । कहाँ ठेस लाग्छ ? कहाँ जिन्दगीको धागो चुडिन्छ ? अनगिन्ती सपनाका चाङ कहाँ गएर भत्किन्छन् ? अत्यास लाग्दा यात्रा कहाँ पुगेर अन्त्य हुन्छन् ? अक्करे भीरमा ठोक्किदै हिंडेको जिन्दगीले सजिला पाइला चाल्न त कहाँ पाउँछ र ?

उमेरले भर्खर १२ वर्ष टेकेकी सानी केटीलाई बोकेर बिहेको मण्डपमा राखिन्छ । ती अवोध बालिका बेहुलीले आफू भन्दा तेब्बर जेठो अर्थात् ३६ वर्षे दुलाहालाई कौतुहलताको नजरले हेर्छिन् । नवआगन्तुक जन्ती, पाहुनाहरुलाई नियाल्छिन् । त्यहाँ के हुँदैछ ? उनले भेउ पाउन सकेकी छैनन् । हातभरिको रातो चुरालाई छिन्छिन् बजाउँदै ओल्टाइपल्टाइ हेर्छिन् । रातो सारी, रातै चोलीमा आफू अत्यन्तै राम्री देखिएको महसुश गर्छिन् । मुसुक्क मुस्कुराउँछिन् । उनमा खुशीको कुनै सीमा नै छैन । साथीहरुलाई देखाउन जान्छु भन्दै मण्डपबाट उठेर हावासरी दौडिन खोज्छिन् । तर त्यही बेला कसैले च्याप्प समातेर जग्गेमा थचारिदिन्छ ।

“के गरेकी नानी ! दुलही भएर पनि यस्तो उत्ताउली बन्न हुन्छ ?”

“म दुलही भए दुलाहा खोइ त ?” साथीहरुसँग खेल्दा श्यामलाई दुलाहा बनाएको सम्झिन्छिन् । “खोइ त श्याम ऊ नभइकन मेरो बिवाह कसरी हुन सक्छ ?” पण्डित बाजे चुप हुन्छन् । उनको अवोध प्रश्नको जवाफ दिने हिम्मत कसैमा हुँदैन । पाहुनाहरु केवल एक अर्कालाई हेर्छन् र फिस्स हाँस्छन् ।

मण्डपमा बिहेको विधि शुरु भइसकेको छ । आफूसँगै बसेका आफ्ना बा भन्दा पनि निकै पाको उमेरको पातलो अग्लो मानिसलाई हेरिरहन्छिन् एक टकले । “होइन, यो मान्छे मसँग किन बस्न आएको होला ?” उनलाई त्यो प्राैढ व्यक्तिसँग पटक्कै बस्न मन छैन । त्यो मानिससँग हुनसम्मको रिस उठेको छ ।

घरीघरी घुम्टो उर्घादै आफ्ना साथीहरु गीता, सीता, रामप्यारी र श्यामलाई खोजिरहेकी छिन् । उनीहरुको आगमनको व्यग्र प्रतिक्षामा छटपटाइरहेकी छिन् । उनको आँखा बाटोतिर तेर्सिएको छ ।

“ए नानी किन टोलाएकी ? ल यहाँ पूजा गर्दै जाऊ” पण्डित बाजे निर्देशन दिँदै जान्छन् । ती कोमल हातका स–साना, औंलाहरु पूजा सामाग्रीमा समाहित भएका छन् । आँखा र मनले भने साथीहरुलाई नै खोजिरहेको छ ।

“दुलहीको उमेर कति भयो रे ?” नजिकै रहेका दुलहीका बालाई प्रश्न गर्छन् पण्डित् ।

“एघार वर्ष पूरा भएर बाह्र वर्ष टेकी यही महिनादेखि ।” दुलहीका बाका जवाफले पण्डित झस्किएझैँ गर्छन् र भन्छन्– “बाह्र वर्षमा विवाह गर्न शुभ मानिँदैन । आमाको गर्भमा बसेको १० महिना समेत जोडेर १३ वर्ष बनाएर विधिविधान सहित नानीको विवाह गरिँदैछ ।” सबैले सुन्ने गरि पण्डित बाजे आफ्नोे तर्क पेश गर्छन् ।

“आमा मलाई भोक लाग्यो ।” मण्डपबाटै दुलही चिच्याउँछिन् । “गोडा धुने काम नसकिकन खाना खान हुँदैन नानी ।” पण्डित बाजेको जवाफ आउँछ । “भोकले पेट दुख्न थालिसक्यो, म यहाँ बस्न सक्दिनँ” – मण्डपबाट दुलही जुरुक्क उठ्छिन् ।

“पराइघर गएपछि सासू, ससुरा, नन्द, आमाजू, खसमले नखाई तिमीले खान हुँदैन । भोक प्यास सबै सहनुपर्छ । नत्र कसरी घर गरी खान्छ्यौ ? घर गरी खान त गाह्रो पो  छ त ।” फेरि उनलाई मण्डपमै थचार्ने काम हुन्छ ।

“अब सिन्दुर हाल्ने समय भयो । माइतीले हेर्न हुँदैन ।” – पण्डित बाजेले निर्देशन दिन्छन् । आफूसँगै बसेको पातलो अग्लो मानिसले आफ्नो सिउँदो भरेको पटक्कै मन पर्दैन उनलाई । उनी अत्यन्तै मर्माहित बन्छिन् ।

उनीभित्रको उकुसमुकुस बाहिरसम्म पोखिन्छ । उनलाई त्यो पातलो अग्लो मानिसको सामिप्य खपिनसक्नु कष्टकर बनेको छ । उनको त्यो छटपटाहट देखेर पण्डित बाजे कराउँछन् । सिन्दुर भर्ने बेलामा छुकछुक गर्ने होइन है नानी ! बेहुली यो कठघराबाट उन्मुक्ति चाहन्छिन् । पन्छीझैँ स्वतन्त्र भएर उड्न चाहन्छिन् । स्वयम्बरमा लगाइदिएको औंठीको दुखाईले तिनको कोमल औंलालाई पीडा भइरहेको छ । उनको कलिलो मनले भन्दैछ– “हाम्रो बा ले कति माया गर्दै औंलो समाउनु हुन्थ्यो । यो मानिसले कति दुख्ने गरी औंला निमोठेको होला ?”

आँखाबाट झरेका नुनिला आँसुलाई पुछ्दै उनी मनमनै गाली गर्छिन् ।

जग्गेको काम सकिन्छ । उनका बा नजिकै आएर त्यो अग्लो अधबैंसे मानिसको हातमा ११ वर्षकी छाेरीको हात राखेर भन्छन् “ज्वाईं नारन हजूरलाई तामाको मुना जस्तो बालक छोरी सुम्पिएको छु । मारे पाप, पाले पुन्य । उनकाे गला अवरुद्ध हुन्छ । त्यो भन्दा बढी शब्द बोल्न सक्दैनन् ।

बाजा जोडतोडले बजिरहेको छ । बाजाको कर्कस आवाजले उनलाई निमोठिरहेको छ । दौडेर घरभित्र पस्न खोज्छिन् । “नानी अब त्यता होइन, यता भन्दै च्याप्प समातेर डोलीमा राख्ने काम हुन्छ । पटक – पटकको थचार्ने कामबाट उनी आक्रान्त बन्छिन् । अब भने उनमा विद्रोह जन्मिसकेको छ । थचारिएको ठाउँबाट बल गरेर उठ्छिन् र हावासरी दौडिन्छिन् । अहिले कसैले रोक्न सकेन, न त छेक्न नै सक्यो ।

आमाले आँसुको घुट्को सँगै छोरीको अनुहारलाई सुम्सुम्याउँछिन् । मायालु नजरले हेरिरहन्छिन् । आमाको आँखाबाट बर्सिएका सहस्र अश्रुविन्दुहरुले बेहुली छोरीको अनुहारलाई सिञ्चित गर्दैछ । उनी झन् भक्कानिन्छिन् । छोरीलाई च्याप्प समातेर छातीमा टाँस्छिन् । आमा छोरीका आँखाबाट खसेका आँसु नारायणी र गण्डकीझैँ एकठाउँमै पोखिन्छन् ।

आमा … आमा… खोइ आमा बुईंगलको कुना काप्चा चियाउँछिन् । आमा कुनामा बसेर घुँक्क घुँक्क गर्दैछिन् । “आमा किन रोएकी ? आफ्नोे आँसु पुछ्दै प्रश्न गर्छिन् । आमाले आँसुको घुट्को सँगै छोरीको अनुहारलाई सुम्सुम्याउँछिन् । मायालु नजरले हेरिरहन्छिन् । आमाको आँखाबाट बर्सिएका सहस्र अश्रुविन्दुहरुले बेहुली छोरीको अनुहारलाई सिञ्चित गर्दैछ । उनी झन् भक्कानिन्छिन् । छोरीलाई च्याप्प समातेर छातीमा टाँस्छिन् । आमा छोरीका आँखाबाट खसेका आँसु नारायणी र गण्डकीझैँ एकठाउँमै पोखिन्छन् । आमाछोरी नै लपक्क भिज्छन् । दुवै शब्दविहीन बनेर रोइरहेका छन् । केवल मौन भएर एक अर्कालाई हेरिरहन्छन् । मनलाई सम्हाल्दै आमा भन्छिन् “नानी आजदेखि तिमी पराइघर जाँदैछाै । त्यहाँ ज्ञानी हुनु, भनेको मान्नु, बेला बेला म तिमीलाई लिन आउँछु । नरोइकन खुशी भएर जाऊ है । उनको गला अवरुद्ध हुन्छ । मनमा गाँठो पर्छ । वेदना घाँटीमै अड्किन्छ । आमाको कुरा सुनेर तिनी झसङ्ग हुन्छिन् । “किन जाने म पराइको घर ? म त कहीं जान्न । यहीं बस्छु ।

आमा सम्झाउन थाल्छिन् –“त्यसो नभन छोरी । तिम्रो विवाह भयो । विवाह भएपछि पराईघरलाई आफ्नै घर ठान्नुपर्छ । विहान सबेरै उठ्नु पर्छ । कुचो कसिंगर लगाउनुपर्छ । दैलो लिपपोत गर्नुपर्छ । बिहान उठेर दुलाहाको पाउ ढोग्नुपर्छ । जल खानुपर्छ । भगवान् जत्तिकै मान्नुपर्छ । जे भने पनि सहनुपर्छ । मुखमुखै लाग्नु हुन्न । सारीको सप्कोले शिर ढाक्नुपर्छ । घरबाट बाहिर निस्कन अनुमति लिनुपर्छ । शिर निहुराएर हिंड्नुपर्छ । बा आमाको इज्जतलाई ख्याल गर्नुपर्छ ।”

आमाको कुरा सुनिरहेकी छोरी बिचमै बोल्छिन् । अनि मेरो दुलाहा चाहीं खोइ त ?

“अघि तिमीलाई सिन्दुर लगाइदिने, औंलामा औंठी लगाइदिने तिम्रा दुलाहा हुन् ।”

त्यस्ता बुढा पनि दुलाहा हुन्छन् त ?  छोरीको प्रश्नले आमाको छातीमा छुरा रोपिएझैँ हुन्छ ।

“हामी ब्राम्हण जातमा पर नसरिकन बिवाह गर्नुपर्छ । फेरी तँ पर सरिहालिस् भने अनर्थ हुन्छ । त्यसैले छिटो बिहे गर्नुपरेको नानी ! तँ ज्ञानी बुझ्झकी छेस् । आमाले भनेको मान् । ढिपी नगर् । हामीलाई पीर नपार छोरी ।”

उनी सकी नसकी सम्झाउँदैछिन् –“नानी तेरो भाग्यमा त्यस्तै लेखेको रहेछ । उमेर बढी भएपनि असल छन् । राजाकाे सिन्दुर पहिरिएका मानिस हुन् । तँलाई रुखमुनि राखेर भएपनि सुखले पाल्छन् । तँ चिन्ता नगर् । दुःख पाइस् भने हामी छँदैछौं । सधैं माइतीघरमा बस्ने जात होइन । हामी छोरी मानिसले एक दिन पराइघर जानैपर्छ । मन खुशी पारेर जा छोरी ।”

“नाईं त्यस्तो बुढोसँग त जान्न ।” त्यसो नभन छोरी, समाजको अघिल्तिर इज्जत जान्छ ।

“मेरा साथीहरु कसैको बिहे भएको छैन । मेरो चाहीं किन यति छिटो बिहे गरिदिनु पर्ने ?”

“हामी ब्राम्हण जातमा पर नसरिकन बिवाह गर्नुपर्छ । फेरी तँ पर सरिहालिस् भने अनर्थ हुन्छ । त्यसैले छिटो बिहे गर्नुपरेको नानी ! तँ ज्ञानी बुझ्झकी छेस् । आमाले भनेको मान् । ढिपी नगर् । हामीलाई पीर नपार छोरी ।”

“दुलही कता गइन् ? अन्माउने साइत बित्न लाग्यो ।” तलबाट पण्डित बाजे कराउँछन् ।

आमाले हात समातेर तल झार्छिन् । कम्मरभन्दा तलको भाग नचल्ने बालाई अन्मिन लागेकी छोरीले टिठलाग्दो नजरले हेर्छिन् र भक्कनिदै भन्छिन् । – “भोलीदेखि बालाई तमाखु कसले भरिदिन्छ म पराइघर गएपछि ?” बा का नयनभित्र जमेका अश्रुधारा सुनामीले समुद्र बिथोलेझैँ गरी बिथोलिन्छ । उनी अविचलित भएर छचल्किन्छन् । आफ्नोे अचल शरिरलाई घिसार्दै छोरीलाई लपक्क छातीमा टाँस्छन् । “मेरो चिन्ता नगर् छोरी । तैंले सुख पाईस् भने मलाई पुग्छ ।”

पण्डित बाजे फेरि जङ्गिन्छन् । लौ न बेहुली अन्माउन ढिलो भइसक्यो । छिटो अन्माइदिनु प-यो ।

बेहुलीलाई बलजफत गर्दै समातेर डोलीमा थचारिन्छ । उनको रुवाइले कोलाहलको रुप लिन्छ । जति विलाप गरेपनि त्यो निरर्थक हुन्छ ।  रुवाइको आवाजलाई मथ्थर पार्न बाजाको आवाज घन्काइन्छ । दुलहीलाई अगाडि लगाएर दुलाहा र जन्तीहरु पछिपछि लाग्छन् ।

एउटा अबाेध बालिकाको रहर, चाहना, इच्छा, आकांक्षा फक्रिन लागेको कोपिला निमोठिएझैं निमोठिन्छ । छिनभरमै पत्रपत्र भएर चुँडिन्छ ।

दुलही हेर्नेको भींड जम्मा भइसकेको छ । दुलहीलाई नियाल्दै अनेकन टिकाटिप्पणीको वर्षा हुन्छ । “बेहुली त साह्रै कलिली पो रहिछन् । ओठ निचोरे दूध झर्लाजस्तो छ। “यस्तो अर्धो केटालाई तामाको मुना जस्ती छोरी किन दिएका होलान् ?

ती सानी अवोध बालिका कसैकी दुलही, कसैकी बुहारी त कसैकी भाउजू बनेर त्रिपुरेश्वरको सानो डेरामा भित्रिन्छिन् । दुलही हेर्नेको भींड जम्मा भइसकेको छ । दुलहीलाई नियाल्दै अनेकन टिकाटिप्पणीको वर्षा हुन्छ । “बेहुली त साह्रै कलिली पो रहिछन् । ओठ निचोरे दूध झर्लाजस्तो छ। “यस्तो अर्धो केटालाई तामाको मुना जस्ती छोरी किन दिएका होलान् ?

घर भित्रिएपछिको रितिरिवाज शुरु हुन्छ । एउटा प्रक्रिया पुरा गरेर त्यस घरकी बुहारी र अधबैँसे पुरुषकी पत्नी बन्छिन् ।

उनी भित्रिएको पनि ३ वर्ष भइसकेको हुन्छ । उनका दुलाहाले सैनिकको जागिर पेन्सन पाक्नासाथ छोडिदिन्छन् । उमेरले जागिर खाने अवधि निकै बाँकी हुँदा पनि किन जागिर छोडेका होलान् ? उनी मनमनै आक्रोशित हुन्छिन् तर पनि उनमा सोध्ने आँट हुँदैन । अहिलेसम्म दोहोरो कुराकानी समेत भएको छैन । उनको मनभित्र जरो गाडेको भयले उनलाई जकडि नै रहेको छ ।

जिन्दगीको रथ जसोतसो गुडिरहेकै थियो । एक्कासि दुलाहा बिरामी पर्छन् र ओछ्यानका प्यारा बन्न पुग्छन् । धामी झाँक्री, वैद्य, कविराज हुँदै विभिन्न ठाउँमा उपचार गरिन्छ । सेवा निवृत्तबाट प्राप्त रकमले किनेको भिमसेनस्थानको घर पनि रोगले खाइदिन्छ । उपचारको बहानामा पैसा सक्ने काम मात्र हुन्छ । शरीर शिथिल बन्दै जान्छ । दिशापिसाब ओछ्यानमै हुन थाल्छ । सबैले बाँच्ने आश मार्दछन् ।

एक जना शुभचिन्तकले ती सानी दुलहीलाई सुझाउँछन्– “शान्तभवन अस्पतालमा विदेशी डाक्टरको टिम आएका छन् रे जस्तोसुकै कडा रोग लागे पनि पत्ता लगाउँछन् रे । एकचोटि त्यहाँ लगेर देखाऊ दुलही नानी !”

उनको कुराले मनको कुनामा आशाको सानो दियो सल्किएझैँ हुन्छ । भरिया खोजेर अस्पताल पु-याउँछिन् । बिरामीको जाँच शुरु हुन्छ । निकै दिनपछि रोग पत्ता लाग्छ । फोक्सोमा कडा खालको टि.वी. लागेको छ । त्यही अनुसार उपचार शुरु हुन्छ । औषधीले काम गर्न थालेपछि घर पठाइन्छ । निको हुन एक वर्ष लाग्छ । १ वर्षसम्म नियमित औषधी सेवन गर्नुपर्छ । डाक्टरको भनाईलाई आत्मसाथ गर्दै तनमनले १६ वर्षे दुलही पतिदेवको सेवामा जुट्छिन् ।

टि.वी. रोग लागेको भन्ने थाहा पाउनेहरू जति  रोग सर्छ भन्ने भयले रोगीको अगाडि पनि पर्दैनन् । आफन्त पनि टाढा हुन थाल्छन् । तर उनी पटक्कै हिम्मत हार्दिनन् । आशाको त्यान्द्रोमा झुण्डिएर खटिरहन्छिन् –बिरामीको सेवामा ।

एकदिन बिहानै घरबेटी आमा कोठाभित्र पस्छिन् र कडा स्वरमा भन्छिन् । “दुलही नानी ! तिमी तुरुन्तै कोठा छोडिदेऊ ।” उनको यो अप्रत्यासित आदेश सुनेर उनी झस्किन्छिन् । “किन आमा म बाट के गल्ती भयो ?” उनी कम्पित स्वरमा बोल्छिन् । “अब तिम्रो बूढा टि.वी. रोग लागेपछि बाँच्दैनन् । फेरि यो रोग अरुलाई पनि सर्न सक्छ । घरमा लाश प-यो भने घर नै अपवित्र हुन्छ । त्यसैले तुरुन्त कोठा खाली गरिहाल ।”

“यस्तो बिरामी अवस्थाका मानिसलाई कहाँ लैजाऊँ आमा ? मलाई दया गर्नुहोस् बिरामी तङिग्रएपछि कोठा खोजूँला ।” उनी यस्तै – यस्तै अनुनय विनय गर्छिन् ।

“जहाँसुकै लैजाऊ तर यहाँ चाहिं बस्न पाउँदिनौ ।” उनी झन् कठोर बन्दै जवाफ दिन्छिन् ।

सानो ठाउँ न हो – उनका दुलहालाई टि.वी. लागेको कुरा हावासरी फैलिसकेको हुन्छ । कोठा खोज्दा कसैले कोठा दिन चाहदैनन् । छरछिमेकले पनि ती दुलहीलाई समेत छि: छि: र दुर् दुर् गर्न थाल्छन् । बोल्न समेत कोही चाहदैनन् । कोठा पाउने अवस्था नभएपछि दुलही मर्माहत हुन्छिन् । घरबेटीले दिनमा ४ पटक आएर कोठा छोडिदिनु भन्दै ताकेता गरिरहेका छन् । “दुलही नानी तिमीले सामान सार्छ्याै  कि तिम्रा सामान बाहिर फाल्दिऊँ ?” घरबेटी आमा प्रत्येक दिन यिनै शब्द दोहो-याउँछिन् ।

कतै कोठा नपाएपछि एक जना दयालु शुभचिन्तकलाई दुलहीले भक्कानिदैं सबै कुरा बेलीबिस्तार लाउँछिन् । तिनै दयालुले कालमोचन घाटमा कोठाको व्यवस्था गरिदिन्छन् । सामान सार्ने समयमा पनि टि.वी. रोग सर्ने भयले कसैले सहयोग गर्दैनन् । टाढाबाट भरिया खोजेर बिरामी बोक्ने र सामान सार्ने काम हुन्छ ।

उनका पतिदेव अलिक तंग्रिदै जान्छन् । हिंड्डुल गर्न सक्ने हुन्छन् । स्वास्थ्यमा सुधार हुँदै जान्छ ।

पहिलो सन्तानको रुपमा १७ वर्षमा छोरी जन्माउँछिन् । तिनी बालिका युवति हुँदै आमा बन्छिन् । घरमा खुशियाली छाउँछ । घरमा खुशीको दियालो सल्किएझैँ झुलुक्क उज्यालिन्छ ।

तर खुशी धेरै समय टिक्नै सक्तैन । सानी छोरी १ वर्षकी नहुँदै नराम्रोेसँग बिरामी पर्छिन् । धामी, झांक्री, वैद्य हुँदै अन्तमा डाक्टरकोमा लगिन्छ । शान्तभवनको डाक्टरले ती सानी नानीलाई पनि टि.वी. भएको घोषणा गर्दछन् । कलिली छोरीलाई पनि टि.वी. भएको सुनेर आमा अस्पताल परिसरमै डाँको छोडेर रुन्छिन् । डाक्टरले औषधी सेवनपछि निको हुन्छ भन्दै सान्त्वना दिन्छन् । तंग्रिसकेका उनका दुलाहा फेरि थला पर्छन् । डाक्टरले उनलाई फेरि टि.वी.ले गाँजेको जानकारी गराउँछन् । अब चाहिं नबिराइकन १ वर्षसम्म दिनहुँ सुइ लगाउनुपर्ने बताउँछन् डाक्टरहरुले । एकपछि अर्को पीडा थपिँंदै जान्छ ।

छोरी र पतिलाई सुई लगाउनकै लागि दिनहुँ अस्पतालमा पु-याउनु पर्ने भयो । दुलहालाई ढाडमा र छोरीलाई खोकिलामा च्यापेर १७ वर्षे युवती जिन्दगीका कष्टकर उकालो उक्लिँदैछिन् । त्यो उकालोको अन्त्य कहिले हुन्छ ? उनलाई केही थाहा छैन । तर जिन्दगीको उज्यालो र सुखको खोजी गर्न अनवरत प्रयत्नरत छिन् ।

उनका अनगिन्ती सपना, कल्पना र रहरका चाङहरु आकासको सेतो बादलसँगै उडिरहेका छन् । शहरको कोलाहल र भिंडभाडबीच पनि नितान्त एक्ली छिन् उनी । उनीसँग छन त केवल समाजले छिः छिः र दुर दुर गर्दै बोलेका अपाच्य शब्दहरुका वर्षातहरु !

गन्तव्यहीन यात्री झैं हिंडिरहेकी छिन् …

यस्तै अक्करे भीरै भीरको बाटो लड्दै उठ्तै हिँड्ने यात्रीको कोख फोडेर दोस्रो सन्तानको रुपमा जन्म लिएकी सौभाग्यशाली छोरी हुँ म । उनै हुन् मेरी महान् आमा । संघर्षकी प्रतिमूर्ति र सिङ्गो धर्ती पनि ।

छोरी र पतिलाई सुई लगाउनकै लागि दिनहुँ अस्पतालमा पु-याउनु पर्ने भयो । दुलहालाई ढाडमा र छोरीलाई खोकिलामा च्यापेर १७ वर्षे युवती जिन्दगीका कष्टकर उकालो उक्लिँदैछिन् । त्यो उकालोको अन्त्य कहिले हुन्छ ? उनलाई केही थाहा छैन । तर जिन्दगीको उज्यालो र सुखको खोजी गर्न अनवरत प्रयत्नरत छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।