Logo कार्तिक ६, २०७७ बिहीबार


नागरिक लगानी कोषद्वारा पेन्सन योजना

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरे सँगै नागरिक पेन्सन योजनामा सहभागी हुन चाहनेको संख्या ह्वात्तै बढेको छ । नागरिक लगानी कोषको पेन्सन योजना अनुसार हालसम्म तीन हजारभन्दा बढीले कार्ड लिइसकेका छन् ।

योजनामा कानूनबमोजिम स्थापना भएका सघसंस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुनसक्ने कोषले जनाएको छ । कोषमा वचतकर्ताले न्यूनतम मासिक पाँच सय रुपियाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने अंकको रकम मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रूपमा बुझाउन सक्ने छन् ।

कोषमा जम्मा गरेको रकमबाट पेन्सन पाउनका लागि भने कम्तीमा १५ वर्षसम्म आफूले छनोट गरेको रकम जम्मा गरेको हुनुपर्ने छ । वचतकर्ता ६० वर्ष उमेर पुगेपछि पेन्सन उपलब्ध हुन्छ तर व्यक्तिले वचत गर्न थालेपछि १५ वर्षअगावै निजको उमेर ६० वर्ष पुगेमा निजले कोषमा जम्मा गरेको रकम र ब्याज र प्रतिफल एकमुष्ट भुक्तानी लिनसक्ने छन् ।

सहभागीले गरेको वचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडेर आउने कुल रकमलाई एक सय ७० ले भाग गर्दा आउने रकम प्रत्येक महिना पेन्सनका रूपमा जीवनभर पाउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।