Logo कार्तिक १०, २०७७ सोमबार


सिन्ध सवारी दुर्घटना : भ्यानमा सिलिण्डर विष्फाेट, १३ जनाको मृत्यु

पाकिस्तान । सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो ।

भ्यानमा २० जना यात्रु यात्रारत रहेको बताइएको छ ।

अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबाहक भ्यान सडकभन्दा तल खोँचमा खसेको प्रहरीले जनाएको छ । भ्यानमा जडित सिएनजी सिलिन्डरमा आगो लागेर विष्फाेट भएका कारण ठूलो क्षति भएको प्रहरीको भनाइ छ ।

प्रहरी उपरीक्षक नाजर मुहम्मद डिशाकका अनुसार आगोले धेरै व्यक्तिको शरीर नराम्रोसँग जलेको पाइएको छ । स्थानीय प्रहरीले भ्यानका चालकसहित सात जना बाँच्न सफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।