तास खेलिरहेका १३ जना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिकामा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । तुलसीपुर–६ भुइयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेका २८ वर्षीय रोशन बुढाथोकीपिहत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सुनारको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नगद ९८ हजार नौ सत ५० रुपैयाँ र पाँच बुक तास बरामद गरेको छ ।