Logo कार्तिक ६, २०७७ बिहीबार


चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि समिति गठन

काठमाडौं । फिल्मकर्मी र कलाकारलाई आपत विपद्मा सहयोग गर्न चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि निर्धारण समिति गठन गरिएको छ ।

चलचित्र विकास बोर्ड सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा गठित समितिले कार्यविधि समेत बनाएको छ । कार्यविधि अनुसार कुनै पनि विपद्मा परेका फिल्मकर्मीलाई कोषले सहयोग गर्ने छ ।

समितिले कार्यविधि निर्माण गरि लागु गर्न चलचित्र विकास बोर्डमा बुझाइएको छ । कोषको अन्य सदस्यहरुमा कलाकार संघबाट मोहन निरौला, निर्माता संघबाट छवि ओझा, निर्माता संघबाटै किसन पोखरेल, प्राविधिक संघबाट अर्जुन कुमार पोखरेल, निर्देशक समाजबाट राजेन्द्र उप्रेती, द्धन्द संघबाट राजाराम गौतम, आदिवासी जनजाति चलचित्र महासंघबाट अमृत सुनुवार, नृत्य संघबाट जनक कार्की, चलचित्र संघबाट देवेन्द्र खड्गी, चलचित्र विकास बोर्डबाट प्रभाकर भट्टराई र आमन्त्रित सदस्य केशव घिमिरे रहेका छन् ।

कोषको कार्यविधि निर्माण समितिले बाढी, पहिरो, आगलागी, भु–कम्प, आँधीबेरी, अतिबृष्टी, अनाबृष्टी, पशुपंक्षी तथा अन्य जीवबाट सरुवा भई आउने रोग वा सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने दुर्घटना जस्ता दैवी प्रकोपलाई विपद् भनि ब्याख्या गरिएको छ ।

त्यस्तो अवस्था फिल्मकर्मी र कलाकारहरुलाई राहतको व्यवास्थापन तथा अन्य समस्याहरुको समाधान गर्ने गरि कोषले सहयोग गरिने बताइएको छ ।

कोषलाई कार्यविधि अनुसार संचालन गर्न चलचित्र विकास बोर्डले स्वीकृति दिएपछि समिति बनाइ कार्यविधिलाई कार्यन्वयनमा ल्याईने बताइएकोे छ । बार्षिक रुपमा विकास बोर्ड सहित अन्य निकायले पनि सहयोग गर्दै जाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।