Logo कार्तिक ६, २०७७ बिहीबार


मन्त्रिपरिषदको बैठक सम्पन्न

काठमाडौं । मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो । सामान्यतया मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

तर, बैठकका एजेण्डा र निर्णयबारे भने केही खुलाइएको छैन । मन्त्री हेरफेरको विषयमा आज विहान बसेको नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीचको छलफल निष्कर्षमा पुगिनसकेकोले मन्त्रिपरिषद् पुनर्गठनबारे आजको बैठकमा कुनै निर्णय नहुने बताइएको थियो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफल मन्त्रिपरिषद पुनर्गठनमा केन्द्रीत रहेको बताइएको छ । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न नसकेको दाहाल निकट श्रोतले जानकारी दिएको छ ।

नेकपाको केही दिन अघि भएको सचिवालय बैठकले मन्त्रिपरिषद हेरफेर गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।