Logo कार्तिक १२, २०७७ बुधबार


मन्त्रिपरिषदको बैठक सम्पन्न, मन्त्रीहरूले प्रतिक्रिया दिएनन्

काठमाडौं । प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकको एजेन्डा सञ्चारमाध्यमलाई जानकारी गराइएको थिएन ।

सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पुनर्गठनका लागि मन्त्रीहरुलाई जानकारी गराउने बारे बैठकको आह्वान गरिएको हुनसक्ने नेकपा स्रोतले जनाएको छ । लामो समयदेखिको मन्त्रिपरिषद् पुनर्गठनको कसरतमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच यसअघि सहमति भएको थियो ।

आइतबारको बैठकमा उपस्थित मन्त्रीहरु बाहिरिसकेका छन् । प्रधानमन्त्री र मन्त्रीहरुबीच के विषयमा छलफल भयो आधिकारिक खुलाइएको छैन । बैठक सकिएलगत्तै बाहिरिएका मन्त्रीहरुले पनि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।