Logo कार्तिक ६, २०७७ बिहीबार


अर्थतन्त्रमा परेकाे काेराेनाकाे धक्का पर्यटनले उठाउँछ : पर्यटन मन्त्री

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालकाे अर्थतन्त्र पर्यटनकाे क्षेत्रबाट माथि उठाउन सकिने बताउनुभएकाे छ । विश्व पर्यटन दिवसकाे अवसरमा वृक्षाराेपण गर्न चाेभार पुग्नुभएका मन्त्री भट्टराईले काेराेनाले धक्का दिएकाे नेपालकाे अर्थतन्त्र पर्यटनका माध्यमबाट माथि उठाउन सकिने बताउनुभएकाे हाे ।

मन्त्री  भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गर्नुहुँदै  काेराेनाका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उहाँले बताउनुभयो । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पस्ट पार्नुभयो ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालीन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाइ छ । उहाँले अबको पर्यटन ग्रामीण पर्यटनमाथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

आज ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विविध कार्यक्रम गरी मनाईदैछ ।  यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।