Logo कार्तिक ९, २०७७ आइतबार


यी हुन् आइतवार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं । मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहनुभएका भण्डारीलाई नै कार्यकारी निर्देशक पदमा नियुक्त गरेकाे हो ।

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ । बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियारी प्रदान गरेको हो । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो ।

नियमित रुपमा सोमबार तथा विहीवार बस्ने गरेको बैठक आज नै राखिए पनि कुनै विशेष प्रस्तावबारे छलफल नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।