Logo कार्तिक ६, २०७७ बिहीबार


उपत्यकामा एकैदिन ८०९ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन आठ सय नौ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आज देशभर एक हजार पाँच सय ७३ जनामा संक्रमण देखिँदा उपत्यकामा मात्र आठ सय नौ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये काठमाडौं जिल्लाका ६ सय ३३ जना रहेका छन् । त्यसैगरी भक्तपुरमा ७२ जना र ललितपुरमा एक सय चार जना संक्रमित भएका हुन् ।

काठमाडौंमा दुई सय ३० महिला र चार सय चीन पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष र ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।