Logo कार्तिक ६, २०७७ बिहीबार


मास्क लगाउन अप्ठ्यारो लाग्छ भने अपनाउनुहोस् यी ७ उपाय

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बच्न अहिले फेस मास्क लगाउन अनिवार्य जस्तै बनिसकेको छ । संक्रमण रोक्न फेस मास्क उपयोगी त छ नै तर यो हाम्रो फोक्सोका लागि त्यति नै खतरा हुनसक्छ । सावधान ! अनुहारमा मास्क लगाउदा फोक्सोमा असर हुनसक्छ । यसले रोग प्रतिरोधी क्षमतामा समेत असर गर्न सक्छ ।

विशेषज्ञका अनुसार मास्क लगाएर सास फेर्दा हामैो फोक्सो र प्रतिरोधी क्षमतामा नराम्रो असर पर्दछ । त्यति मात्र होइन थुप्रै रोगहरुको शिकार बन्नसक्ने खतरा पनि रहेको छ ।

भारतको मुम्बइस्थित एक अस्पतालमा कार्यरत छाति तथा श्वासप्रश्वास रोग विभागका वरिष्ठ निर्देशक ुन्दीप नायर भन्छन्–आफ्नो र अरुको सुरक्षाका लागि मास्क लगाउन जरुरी त छ तर लगातार मास्क लगाइरहने गर्नाले फोक्सोका लागि ठूलो खतरा हुनसक्छ ।

किनभने मास्क लगाउनले कार्बन डाईआक्साइडको मात्रा बढी हुन्छ । यसमा रहेका हाइपरकेनियाले टाउको दुख्ने र चक्कर लाग्ने जस्ता समस्या बढाइदिन सक्छ । यसबाट बच्न यी सावधानी अपनाउन आवश्यक छ :

१ एक्लै बस्दा मास्क नलगाउने

विशेषज्ञहरुका अनुसार लामो समयसम्म मास्क लगाउदा हाम्रो शरीरलाई नोक्सान हुन सक्छ । त्यसैले लगातार लामो समउसम्म मास्क लगाइरहन हुँदैन । भीडभाड वा अरु व्यक्तिको साथमा रहँदा मास्क लगाउन अनिवार्य छ तर एक्लै बस्दा मास्क नलगाए पनि हुन्छ । जस्तो घरमा एक्लै बस्दा वा एक्लै गाडी चलाएर कतै जाँदै हुनुहुन्छ भने मास्क लगाउनु पर्दैन ।

२ मर्निङ वाक जाँदा मास्क नलगाउने

यदि तपाई मर्निङ वाक जाने गर्नुहुन्छ भने त्यतिखेर गरिने रनिङ,जगिङ वा व्यायमका बेला मास्क नलगाउनुहोला । किनभने त्यस्तो अवस्थामा अक्सीजनको अधिक आवश्यकता पर्छ ।

३ वल्व भएको मास्क नलगाउने

यदि तपाई संक्रमित क्षेत्र वा संक्रमित व्यक्तिको नजिक वा आसपास जाँदै हुनुहुन्छ भने वल्व अर्थात फिल्टर भएको मास्क नलगाउनुहोला । किनभने यस्ता मास्क प्रदुषण रोक्नका लागि मात्र उपयोगी हुन्छन् । यसले कोरोना भाइरसलाई रोक्न सक्दैन ।

४ कसिलो मास्क नलगाउने

लामो समयसम्म कसिलो मास्क लगाउदा शरीरमा अक्सिजनको मात्रा कम हुनसक्छ । त्यसैले सकभर कसिलो मास्कको सट्टा केही खुकुलो मास्क लगाउनु राम्रो ।

५ आरामदायक मास्क लगाउने

बाहिर किनेको मास्क भन्दा घरमै कपडाले बनाएको मास्क लगाउनु राम्रो हुन्छ । किनभने यस्तो मास्कले सास फेर्न सजिलो हुन्छ । घरेलु मास्क आरामदायक पनि हुन्छ ।

६ पातलो मास्क लगाउने

बच्चाका लागि मास्क बनाउदा कटनको कपडा राम्रो हुन्छ । बच्चाहरुका लागि मास्क बनाउदा पातलो कपडाको बनाउनु पर्छ । किनभने यस्तो मास्कबाट सास फेर्न सजिलो हुन्छ ।

७ गहिरो सास फेर्ने अभ्यास गर्ने

यदि तपाईलाई मास्क लगाउदा सास फेर्न अप्ठ्यारो हुन्छ भने प्रणायाम गर्ने या गहिरो सास फेर्ने अभ्यास गर्नुपर्छ । यसो गर्दा तपाईको फोक्सो र प्रतिरोधी प्रणाली राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।

समुद्रमा छाल आएका बेला चराहरु एकैसाथ आकाशमा उड्ने हुँदा यो दृश्य देखिने पर्यटक बताउँछन् ।