Logo कार्तिक ६, २०७७ बिहीबार


बाेकाे हरामकाे आक्रमणमा परी १८ सर्वसाधारणकाे जनाकाे मृत्यु

काठमाडाैं । नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा १८ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् ।

नाइजेरियमा विद्रोह गरिरहेको बोको हरामका लडाकूहरुले समुद्री किनारमा माछा मार्ने क्रममा आक्रमण गरिएको दाबी गरेका छन् । उनीहरुले सुरक्षाकर्मीहरु मारिएको बताएपनि सरकारी अधिकारीहरुले भने सर्वसाधारण मारिएको बताएका छन् । बोर्ना राज्यमा भएको घटनामा १० प्रहरी र तीन जना सैनिक मारिएको विद्रोहीको दाबी छ ।

सन् २००९ देखि नाइजेरियामा बोको हरामले इस्लामिक कानूनको व्याख्या हुनुपर्ने भन्दै छुट्टै राज्यको माग गरेर आन्दोलन गरिरहेको छ । व्रिदोहीका कारण तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।