Logo कार्तिक ६, २०७७ बिहीबार


यथास्थितिमा रसुवागढी नाका खोल्न चीन अनिच्छुक

रसुवा । चीनले रसुवागढी नाका नियमित सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको बताएको छ ।

नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्न चिनिया पक्षले आग्रह गरेको रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।

रसुवागढीबाट नजिकको पीसीआर ल्याब काठमाडौंमा रहेको जानकारी गराउँदा चिनियाँ अधिकारीहरु आश्वस्त हुन नसकेको उहाँको भनाइ छ । चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभाग मार्फत पहल थालिएको पनि उहाँले बताउनुभयो ।

विभागले रसुवागढी नाका वा रसुवामा ल्याब राख्नका लागि स्वस्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ ।

चीनबाट सामान नेपाल भित्राउने कार्यमा सहभागी एक नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएपछि गत भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने ब्यापार चिनियाँ पक्षले रोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।