Logo कार्तिक ६, २०७७ बिहीबार


निगमको जहाज शुक्रवारदेखि ग्राउण्डेड

काठमाडौँ । नेपाल वायुसेवा निगमको ९ एन–एएलजेड कल साइनको जहाज तीन दिनदेखि ग्राउण्डेड भएको छ।

गत शुक्रबार काठमाडौं–कुनमिङ चार्टर्ड उडान गर्ने क्रममा उक्त जहाजमा समस्या आएपछि ग्राउण्डेड भएको हो।

जहाजमा समस्या आएपछि उडान सुरु हुनेबित्तिकै अवतरण गरिएको थियो। उक्त जहाज मर्मत हुन केही दिन लाग्ने निगमले जनाएको छ । उक्त जहाज मर्मतका लागि सामग्री मगाइसकेको र सामान आइपुगे लगतै मर्मत गरेर जहाज सञ्चालनमा आउने निगमले जनाएको छ।

चालक दलले जहाज १७ हजार फिट माथि उडेपछि एयर ट्राफिक कन्ट्रोलरलाई जहाजमा समस्या आएको जानकारी दिएका थिए। लगत्तै जहाज काठमाडौँमा नै अवतरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।