Logo माघ १४, २०७७ बुधबार


बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

सांकेतिक : तस्वीर

बारा । पूर्वतर्फबाट आइरहेको बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। आज (आइतबार) दिउँसो करिब साढे ४ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न. २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा  सवार श्रीमान,श्रीमती र छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा निजगढ नगरपालिका १० लाल निवासी २६ वर्षीय तिर्थमान स्याङ्गतान, निजकी २२/२३ वर्षीया श्रीमति ज्योति स्याङ्गतान र निजहरुको एक वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । शव शल्यपरीक्षणका लागि वीरगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’