Logo कार्तिक ६, २०७७ बिहीबार


इलेभेनविरुद्ध राजस्थानको रोमान्चक जित

युएइ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किंग्स इलेभेनविरुद्ध राजस्थान रोयल्सले रोमान्चक जित निकालेको छ । गएराति सम्पन्न भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।

रनको वर्षा भएका उक्त खेलमा राजस्थानले पञ्जाबको २२३ रनको लक्ष्य भेटाएको हो । निर्धारित २० ओभरमा पञ्जाबले मात्र २ विकेट गुमाएर बनाएको २२३ रनको लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा भेटाएको थियो । राजस्थानका लागि सन्जु श्यामसन, राहुल तेवातिया र स्टिप स्मिथले अर्धशतकीय पारी खेले । ४२ बल खेलको सन्जुले ४ चौका र ७ छक्काको सहयोगमा ८५ रन बनाए ।

त्यस्तै २७ बल खेलको स्टिभ स्मिथले ७ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउन सफल भए । त्यस्तै राहुल तेवातियाले ३१ बल खेल्दै ७ छक्काको सहयोगमा ५३ रनको योगदान गरे । बलिङतर्फ पन्जाबका लागि मोहमद स्वामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शेल्डोन कट्रेल, मुर्गान अश्विन र जेम्स निसमले समान एक–एक विकेट लिए ।

पञ्जाबका लागि ओपनरद्वय लोकेश रावल र मयंका अग्रवालले ठोस सुरुवात गरेका थिए । कप्तान रावलले ५४ बलमा ६९ रन बनाएका थिए भने अग्रवालले ७ छक्का र १० चौकाको सहयोगमा ५० बलमा १०६ रन रनको योगदान दिए । त्यसपछि ग्लेन म्याक्सवेलले १३ र निकोलस पुरनले २५ रन बनाउँदा राजस्थानविरुद्ध चुनौतिको विशाल पहाड खडा भयो ।

२२३ रन चेन्ज गर्न मैदान छिरेको राजस्थानले ओपनर जोस बोटलरलाई सुरुमै गुमाएको थियो । त्यसपछि आएका सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेर टिमलाई जितको आधार खडा गरेका थिए । सञ्जुले ४२ बलमा ७ छक्का र ४ चौकाको सहयोगमा ८५ रनको योगदान दिए । उनले पनि २७ बलमा अर्धशतक पूरा गरेका थिए । राजस्थानका लागि राहुल टिवेटेवालाले ३१ बलमा ५३ रन बनाएपछि राजस्थान जीतको नजिक पुगेको थियो । अलराउन्डर जाफर आर्चरले ३ बलमा १३ रन बनाएपछि राजस्थानले विजय लक्ष्य भेट्यो । पञ्जाबका लागि महोम्मद सामीले ३ विकेट लिएका थिए । किफायती बलिङ गरेका रवि विस्नोइको नाममा २ विकेट रह्यो ।
सोमबार साँझको खेल रोयल च्यालेन्जर बंगलोर र मुम्बइ इण्डियन्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । यतिबेला विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा कोरोना संक्रमणले तीव्र गति लिएको देखिन्छ…

प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का बर्षाको सम्भावाना रहेको छ ।

सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।

आयोगले दशैं बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको बताएकाे छ ।

कारबाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहिनतालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष चौधरी र वडासचिव रामेश गुप्ता अहिले जिल्ला प्रशासन कार्यालय तौलिहवामा हाजिर भएका छन् ।