Logo कार्तिक १२, २०७७ बुधबार


जर्मन च्याम्पियन बार्यन म्युनिख होफेनहेमसँग पराजित

एजेन्सी । जर्मन बुण्डेस लिगा फुटबलमा जर्मन च्याम्पियन बार्यन म्युनिखको अपराजित यात्रा टुंगिएको छ ।

बार्यनको पछिल्लो २३ खेल यताको विजयी यात्रा र ३२ खेल यताको अपराजित यात्रा आइतवार टुंगिएको हो।

आइतबार राति भएको खेलमा होफेनहेमले बार्यन म्युनिखलाई ४–१ ले पराजित गरेको हो । होफेनहेमका लागि १६ औँ मिनेटमा बिकाक्किक, २४ औँ मिनेटमा डाबुर तथा ७७ र ९२ औँ मिनेटमा क्रामारिकले गोल गरे ।

बार्यन म्युनिखका लागि ३६ औँ मिनेटमा किमिचले एक गोल फर्काए । गएको बिहीबार युइएफए सुपर कप जितेको बार्यन लिगमा भने पराजित भयो ।

बार्यन म्युनिख सन् २०१९ को डिसेम्बर यता पहिलो पटक पराजित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।