Logo कार्तिक १२, २०७७ बुधबार


रोनाल्डोको प्रभावशाली प्रदर्शनका कारण युभेन्टस हारबाट जोगियो

एजेन्सी । इटालियन सिरी ए फुटबलमा क्रिष्टियानो रोनाल्डोको प्रभावशाली प्रदर्शनका कारण युभेन्टस हारबाट जोगिएको छ।

आइतबार राति भएको खेलमा युभेन्टस रोमासँग २–२ को बराबरीमा रोकियो । ३१ औँ मिनेटमा पाएको पेनाल्टी तथा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जोर्डन भेरेटाउटले रोमाका लागि गोल गरे ।

४४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका रोनाल्डोले ६९ औँ मिनेटमा युभेन्टसका लागि बराबरी गोल गरेका हुन् । त्यसअघि ६२ औँ मिनेटमा राबिओट दोहोरो पहेँलो कार्डा पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो ।

लिग अन्तर्गत आइतबार राति नै भएका खेलमा नापोलीले जेनोआलाई ६–० तथा एसी मिलानले क्रोतोनेलाई २–० ले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।