Logo कार्तिक १२, २०७७ बुधबार


टोखामा मात्रै कोरोना संक्रमितको संख्या ८ सय नाघ्यो, ३ को मृत्यु

काठमाडौं । राजधानीको टोखा नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ८ सय २५ पुगेको छ । उपत्यकाको उत्तरी क्षेत्रमा अवस्थित यो नगरपालिकामा आइतबार मात्रै २९ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या ८ सय २५ पुगेको हो ।

नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा थोरै २१ र वडा नम्बर ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन् । वडा नम्बर २ मा ५१, वडा नम्बर ४ मा ४३, वडा नम्बर ५ मा ८६, वडा नम्बर ६ मा ९१, वडा नम्बर ७ मा ८०, वडा नम्बर ८ मा ९४, वडा नम्बर ९ मा ५५, वडा नम्बर १० मा ६६ र वडा नम्बर ११ मा ६२ संक्रमित भेटिएका हुन ।

संक्रमितमध्ये ४ सय ४४ जना निको भएर घर फर्किसकेको, ३ सय ४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । तीमध्ये ५ जना सम्पर्कविहिन छन् ।

टोखामा हालसम्म कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ । वडा नम्बर ४, ६ र ९ मा १÷१जनाको मृत्यु भएको हो । काठमाडौं महानगरपालिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित टोखा नगरपालिकामा देखिएका हुन । नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । नगरले प्रत्येक वडामा १ सय जनाका दरले परीक्षण गरेको छ । यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३ सय ५० भत्ता दिने निर्णयसमेत नगरपालिकाले गरेको छ । नगरपालिकाले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ ।

नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोगंबुसँग सहकार्य गरेर भए पनि बिरामीको उपचार गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।