Logo कार्तिक १२, २०७७ बुधबार


वालिङ नगरपालिकामा स्मार्ट डिजिटल सिस्टमको शुभारम्भ

हिमलाल पराजुली
स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अनुसार अगाडी बढेको वालिङ नगरपालिकाले आइतबार देखि स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ गरेको छ । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट वालिङ एप्सको शुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

एप्स सञ्चालनमा आए सँंगै वडा कार्यालयहरुबाट हुने काम समेत डिजिटल सिस्टमबाट गरिनेभएको छ । स्मार्ट पालिकाले निर्माण गरेको वालिङ नगरपालिका स्मार्ट मोबाईल एप तथा विद्युतीय सुशासन प्रणाली वालिङ नगरपालिकालाई हस्तान्तरण गरे सँगै वालिङ नगरपालिकामा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ गरिएको हो ।

डिजिटल सिष्टम शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले विज्ञान तथा प्रविधिको युगमा डिजिटल सिष्टमको शुरुवातबाट सेवा आरम्भ गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जन्मदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण सेवाहरु वडा तथा नगरपालिका कार्यालयसम्म नगईकन घरबाटै स्मार्ट मोबाईलको प्रयोगबाट गर्न सकिने भएकाले पनि सेवा प्रवाह तथा सेवाग्राहीलाई सहजता हुनुकासाथै सुशासनका लागि सहयोगी हुने प्रजिअ क्षेत्रीको भनाइ थियो । कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले स्मार्ट वालिङ डिजिटल सिस्टमको सुरुवातीसँगै नगरका सबै गतिविधिहरु हेर्न सकिने भएकाले पनि पारदर्शिताको उच्चतम प्रयोग हुने बताउनुभयो ।

“स्मार्ट सिटी वालिङ निर्माणका लागि २० वर्षको योजना बनाईएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “स्मार्ट वालिङ डिजिटल सिस्टम स्मार्ट पालिका निर्माणका लागि तयार गरिएका १०६ वटा सूचकहरुमध्ये एउटा सूचक मात्रै हो यस्ता अरु थुप्रै काम गर्नुछ र ती काम पूरा हुन करीब २० वर्ष लाग्ने छ र जहिले सूचकहरु पूरा हुन्छन् त्यतिबेलामात्रै आधारभूत तहको स्मार्ट सिटी बन्ने छ” ।

विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) को प्रयोगले छिटो छरितो, पारदर्शी सेवा प्रदान गर्न सकिनुका साथै कागजी प्रक्रियाको समेत अन्त्य हुने नगर प्रमुख खाँणको भनाई थियो । वालिङको विकासकालागि सबै राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा नगर प्रमुख खाँणको जोड थियो । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वालिङलाई स्मार्ट नगरकोरुपमा विकास गर्नका लागि ल्याईएका सूचकहरुमध्येको स्मार्ट वालिङ डिजिटल सिस्टमलाई प्रभावकारीरुपमा कार्यान्वयनका लागि जोड दिने बताउनुभयो ।

नगरबासीलाई यसकाबारेमा आवश्यक तालीम तथा प्रशिक्षणको ब्यवस्था गरी प्रविधिमैत्री बनाउनका लागि आवश्यक पहल गर्ने प्रमख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।