Logo कार्तिक १२, २०७७ बुधबार


नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

बैठकले आइतबार दिनदेखि नै स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णयसमेत गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाएका छौं।’

भारतको बैंगलोरबाट फर्किएका पुर्चौडी वडानम्बर ३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएका पुरुषको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गरी परीक्षण गर्ने निर्णय पनि गरेको छ ।

६ दिनअघि बैंगलोरबाट हिँडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका थिए । गौरीफण्टादेखि मृत भेटिएको स्थानसम्म उनको सम्पर्कमा आएका र उनी चढेर आएको सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ ।

पुर्चौडीमा अहिलेसम्म २० जनामा संक्रमण पुष्टि हुँदा ८ जना अझै सक्रिय संक्रमित छन् । मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन । भारतबाट फर्किएर गाउँमै पुगेर कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि त्रास बढेको गाउँलेहरुको भनाइ छ ।

विद्यालयहरु पुनः बन्द

कोरोना संक्रमण जोखिम बढेको भन्दै पुर्चौडीका विद्यालय पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालयहरु आजदेखि पुनः बन्द गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन्, आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौँ ।’

पुर्चौडीको वडानम्बर ३ का २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु हुनुका साथै अन्य ८ नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाइ छ ।

शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको नागरिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि नगरपालिका कोरोना संक्रमण मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएका थियौं, अब नगरपालिकाले अर्को निर्णय नगर्दासम्म विद्यालय बन्द रहन्छन् ।’

नगरपालिका भित्र ७५ सामुदायिक विद्यालयमध्ये ३९ मा क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाइएका थिए । यहाँका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् । बैतडी जिल्लाभरि हालसम्म ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।