Logo कार्तिक १०, २०७७ सोमबार


काठ चिरान गर्ने मिलबाट ठूलो परिमाणमा अवैध काठ बरामद

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्र्तगतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा काठ चिरान गर्ने मिलमा छापा मारी ठूलो परिमाणको अवैध काठ बरामद गरेको हो ।

सालको तयारी अवस्थाका झ्याल, ढोकाका चौखट, ढोका, गोलिया, भ्यान्टिलेसनसमेत गरी २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार अवैध बरामद काठसहित मिल सञ्चालक रानालाई आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

यसैगरी प्रहरीले भीमदत्त नगरपालिका–४ बस्ने निरज गुप्ताले भन्सार छली गरी ल्याएको अन्दाजी रु २६ हजार बराबरको १३० किलो मिठाइ जफत गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।