Logo कार्तिक ५, २०७७ बुधबार


एक्लै बस्ने ५० वर्षीया महिलाको हत्या

सप्तरी । तिरहुत गाउँपालिकामा एक महिलाको हत्या भएको छ । तिरहुत–२ मैनाकडेरीकी ५० वर्षीया दयामनदेवी यादव आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
घरमा एक्लै बस्ने यादवको फोन नउठेपछि आफन्तले खोजी गर्दा हत्या गरिएको अवस्थामा उनकै घरमा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेश सिंह स्वयम् पुग्नु भएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक धमलाले घटनाको अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिनुभयो । आज प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ ।

शवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरिएको छ । गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उनको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाले कर्तव्यबाटै हत्या भएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।