Logo कार्तिक १२, २०७७ बुधबार


गोदावरीमा राजधानी तोकिएको २ वर्ष पूरा, कानूनी जटिलता यथावत

लखन चौधरी
धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी तोकिएको २ वर्ष पूरा भएको छ । राजधानी तोकिएको २ वर्ष पूरा भएपनि गोदावरीबाटै कामकाज सञ्चालनबारे भने अन्यौलता कायम छ ।

प्रदेश सरकार कानूनी र प्रक्रियागत जटिलतामा फसेका कारण राजधानीमा संरचना निर्माणको थालनी हुन सकिरहेको छैन । सुदूरपश्चिम प्रदेश सभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ स्थित वन क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय गरेको थियो ।

तर लगत्तै प्रदेश सभाको सो निर्णय विरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई नै विपक्षी बनाएर २ वटा रिट दायर भएपछि कानूनी जटिलता उत्पन्न भएको थियो । वन जंगल मासेर राजधानी बनाउन नपाइने भन्दै अधिवक्ता देवीकुमारी जोशी र मनिश कुमार श्रेष्ठसहितका ९ जनाले सामूहिक रुपमा रिट दायर गरेपछि कानूनी समस्या थपिएको हो ।

यस सन्दर्भमा सर्वोच्च अदालतले आन्तरिम आदेश नदिएकोले राजधानी निर्माणमा कानूनी अड्चन प्रदेश सरकारको दावी छ । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय अदालतमा परेको रिटलाई समस्या नै नभएको बताउँछन ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ । कानूनी जटिलता फुकाउन मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा राजधानी पूर्वाधार विकास समिति गठन गरिए पनि त्यसले प्रभावकारी रुपमा काम गर्न सकिरहेको छैन ।

तर प्रदेश सरकारले अध्यादेश ल्याएर भएपनि राजधानी निर्माणको कार्यलाई तीव्रता दिने तयारी गरिरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको भनाई छ । पछिल्लो समय नामाकरण र राजधानी तोक्ने सन्दर्भमा प्रदेश सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले साथ दिएको छैन ।

राजधानी तोकिएको स्थान ठीक नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाउँदै आएको कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भरत बहादुर खड्काले बताउनुभयो । कानूनी उल्झन, जग्गा अधिग्रहणको समस्या र प्रतिपक्षको विरोधका बाबजुद पनि प्रदेश सरकारले राजधानी निर्माणका लागि २ वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । तर बजेटको कार्यान्वयन भने भइरहेको देखिंदैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।