Logo बैशाख १, २०७८ बुधबार


सात महिनादेखि बन्द प्याराग्लाइडिङ सञ्चालन हुँदै

काठमाडाैं । कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने भएको छ । सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएकाे हाे।

अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ शुरु हुने हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुनः बुकिङ शुरु गर्न प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबर नोक्सानी व्यहोर्नुपरेकाे नाका महासचिव बलराम आर्चायले बताउनुभयो ।

अहिले परीक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर सञ्चालन भइरहेका छन् । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो ।

यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरवाती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…