Logo कार्तिक १२, २०७७ बुधबार


‘बिग बोस सिजन १४’ मा नेपाली ट्रान्स मोडल अञ्जली लामा

काठमाडौं । भारतको चर्चित टिभी रियालिटी शो बिग बोसको सिजन १४ मा नेपाली ट्रान्स मोडल अञ्जली लामा प्रतिस्पर्धीका रुपमा सहभागी हुने भएका छन् ।

कलर्स टिभीबाट प्रसारण हुने टिभी रियालिटी शो बिग बोसको सिजन १४ को प्रसारण यही शुक्रवारदेखि शुरु हुँदैछ । प्रतिस्पर्धीहरुका बारेमा अधिकारिक रुपमा कुनै जानकारी सार्वजनिक नभए पनि नेपाली मोडल अञ्जली पनि प्रतिस्पर्धीका रुपमा सहभागी हुन लागेको स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय मोडलका रुपमा चर्चित अञ्जली हाल भारतको मुम्बइमा बस्दै आएका छन् ।

सन् २०१६ मा ल्याक्मे फेसन शो मा पनि सहभागी भएकी उनी टप–२० सम्म पुगेकी थिइन् । त्यसलगत्तै उनले थुप्रै अन्तर्राष्ट्रिय शो र ब्राण्डका लागि मोडलिङ गरिसकेकी छिन् ।

उनले अन्तर्राष्ट्रिय स्तरमा जीक्यू पत्रिकाले सोसल चेन्जर स्टाइल अवार्ड दिएको थियो । यस्तै उनी ग्रासिया मिलेनियल अवार्डमा मोडल अफ द इयर घोषित भएकी थिइन् । लामाले भोग मोडल अफ द इयर अवार्ड समेत पाइसकेकी छिन् ।

बिग बोस सिजन १४ मा अञ्जलीसँगै भारतीय ग्ल्यामर क्षेत्रका परिचित अनुहारहरु प्रतिस्पर्धीका रुपमा ९० दिन घरभित्र रहनेछन् । कार्यक्रमको सञ्चालन यसपटक पनि अभिनेता सलमान खानले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।