Logo कार्तिक १२, २०७७ बुधबार


तनहुँकाे छाब्दी मार्गमा २३ वर्षपछि कालोपत्रे

तनहुँ । यहाँको प्रसिद्ध छाब्दी बाराही मन्दिर जाने पुरानो सडक मार्ग २३ वर्षपछि कालोपत्रे गरिएको छ । व्यास नगरपालिका वडानम्बर १ गल्बुबेसी सडक खण्डमा कालोपत्रे गरिएको हो।

२०५४ सालमा ट्र्याक खोलिए पनि हाल नगरपालिकाको आर्थिक सहयोगमा कालोपत्रे गरिएपछि त्यस क्षेत्रको मुहार फेरिएको छ । नगरपालिकाको ११ लाख र जनसहभागिता लागत ५ लाख गरी १६ लाखको लागतमा उक्त मार्गमा कालोपत्रे गरिएको पुरानो छाब्दीमार्ग कालोपत्रे निर्माण उपभोक्ता समितिका अध्यक्ष रामराज अधिकारीले जानकारी दिनुभयो ।

बजेटमार्फत करिब ३ सय मिटर सडक कालोपत्रे गर्नुका साथै १२ मिटर लम्बाइ आरसिसी ढलान गरी पानी कटाउने नालासमेत निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । पुरानो सडक मार्गको रूपमा परिचित उक्त सडक वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या त्यसक्षेत्रका बासिन्दा तथा यात्रुहरुले भोग्नुपरेको थियो ।

पृथ्वी राजमार्गको बुल्दी खोलादेखि चारकुनेसम्मको करिब डेढ किलोमिटर दूरीमध्ये गत वर्ष ४ सय मिटर दूरी सडक कालोपत्रे गरिएको थियो । सडक अन्तर्गत कालोपत्रे गर्न बाँकी रहेको करिब ६ सय मिटर सडक मार्गमा भने यसअघि नै ग्राबेल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।