Logo कार्तिक १३, २०७७ बिहीबार


बिहानै मिठाई पसलमा छापा, फोहोर मिसाएकाे भन्दै बिक्रीमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी स्वीट्स एण्ड चाटमा छापा मार्दै अनुगमान टोलीले रसबरी, लालमोहन र जेरी लगायतका मिठाईमा अत्याधिक फोहोर मिसाइएको भन्दे नष्ट गरिदिएको छ ।

बजार अनुगमन टोलीका अनुसार मिठाई पसलमा पकाएर बेच्न राखिएका मिठाई जन्य खाद्य पदार्थ फोहोर रहेको र पसलमा सरसफाई नभएकोले एक हप्ताको लागि बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

अनुगमनका क्रममा लक्ष्मी स्वीट्स एण्ड चाटमा मिठाई पकाउने तेल ढडेको मोबिलजस्तो पाइएको र मिठाई खान अयोग्य देखिएको हो । मिठाई पसल सञ्चालकलाई पसलको राम्रो सरसफाई गरेर एक हप्तापछि महानगरपालिकाको निर्देशन बमोजिम मात्रै सञ्चालन गर्न निर्देशनसमेत दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।