Logo कार्तिक ५, २०७७ बुधबार


भन्सार छलेर ल्याएको मदिरा प्रहरीद्वारा बरामद

भगीरथ भण्डारी
इलाम । भन्सार छलेर भारतबाट नेपाल ल्याइएको मदिरा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउँदै गरेको मदिरा बरामद गरेको हो ।

सूर्योदय नगरपालिका–२ का पूर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजाँदै गरेको मे १ ज २१७६ नम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद भएको हो । प्रहरीले भेन चालक तामाङसहित मदिरा र गाडि कर दाता सेवा कार्यालय इलाममा बुझाएको छ ।

त्यसैगरी सूर्योदय नगरपालिका १० नयाँ चोकस्थित कल्पना तामाङले सञ्चालन गरेको जिम्बा होटल, डम्बर प्रधानले सञ्चालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट लुकाई छिपाइ राखेको सिक्किमे मक्स प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटिएको प्रहरीले होटलहरुमा खानतलासी गर्दा जिम्बा होटलबाट १४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र प्रधानको होटलबाट ४८ बोतल गरी जम्मा दुई सय ३७ बोतल भारतीय सिमिमे मक्स बरामत गरी कर दाता सेवा कार्यालय इलाममा बुझाइएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक रमेश राईकै टोलीले सोमबार बिहान सूर्योदय नगरपालिका २ मानेभन्ञ्याङ रोड छेउ जंगलबाट रेडबुल बरामद गरेको छ । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गरेको एक लाख ३६ हजार चार सय ८० रुपैयाँ बराबरको ३० कार्टुन भारतीय रेडबुल र पाँच कार्टुन भाडा माझ्ने साबुन बरामद गरी प्रहरीले भन्सार कार्यालय पशुपतिनगरमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक…

छोराछोरीबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा खर्च वृद्धि हुनेछ । प्रेममा प्रगति रहनेछ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो ।

कुल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ पुगेको छ ।

बिआरआईले नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा पहुँच पुर्याउन सघाउ पुग्ने समेत पूर्व प्रधानमन्त्री भट्टराईले बताउनुभयो ।

कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत समेत विरोध गर्ने नेता महतले भनाइ छ ।