Logo कार्तिक ११, २०७७ मंगलबार


बलात्कृत बालिकाको अन्तर्वार्ता सार्वजनिक, युटुबर थापाको खोजि

आशिष बहादुर सिंह
बझाङ । बलात्कृत भएर चैनपुरमा रहेको महिला सुरक्षा आवास गृहमा राखिएकी बालिकाको अन्तर्वार्ता सार्वजनिक भएको छ । युटुब पत्रकार भोजराज थापाले बालिकाको भिडियो सार्वजनिक गरेका हुन् ।

विश्व सामु चिनाउने गरी युटुबबाट बलात्कृत बालिकालाई सार्वजनिक गरिएको भन्दै बालिकाका अभिभावकले आपत्ति जनाएका छन् । बालात्कारबाट पीडामा परेकी बालिकालाई अन्तर्वार्ता लिएर सार्वजनिक गरी पीडामाथि झन पीडा थपेको अभिभावको गुनासो छ ।

टाउकोमा सल र मुखमा माक्स लगाएर भाउजुसँगै राखेर बलात्कृत बालिकाको अन्तर्वार्ता लिइएको छ । यसले सेफ हाउसभित्रै महिला असुरक्षित रहेको अधिकारकर्मीहरुको भनाइ छ । यस विषयमा सेफ हाउसका कर्मचारी भने आफूहरुलाई अन्तर्वार्ताको बारेमा केही थाहा नभएको बताउँछन् । उनीहरुले भोजराजको खोजी भइरहेको समेत बताए ।

मष्टा गाउँपालिकाकी ती बालिकामाथि साउन २९ गते बलात्कार भएको घटना जिल्ला प्रहरी कार्यालय बझाङमा आइतबार दर्ता भएको थियो । बलत्कार पछि हत्या गरिएकी १२ वर्षीया बालिका  सम्झना विकको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्दा साउन २९ गते ती बालिकाको बलात्कार भएको र मिलापत्र गरेर आरोपीलाई छोडिएको पत्ता लागेको प्रहरी नायक उपरीक्षक रुपक खड्काले बताउनुभयो । हाल ती बालिकालाई बलात्कार गरेको आरोप लागेका र सम्झनाको घटनामा समेत संलग्न भएको हुन सक्ने आशंकामा स्थानीय १७ वर्षीय किशोर राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स