Logo कार्तिक १२, २०७७ बुधबार


राजधानीमा सवारी यातायात अनियन्त्रित, कडा गरिएको प्रहरीको दावी

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले नियन्त्रण गर्न सकिरहेको छैन । सवारी साधन अनियन्त्रित बन्दै जाँदा प्रहरीले भने जोर बिजोर प्रणालीमा कडाई गरेको प्रहरीले दावी गरेको छ ।

मंगलबार बिहान मात्रै राजधानीमा ९ सय सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। राजधनीका विभिन्न ४५ चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनुभयो । नियन्त्रणमा लिएका धेरैजसो मोटरसाइकल छन्।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई सम्बन्धित चेक प्वाइन्टमै ‘होल्ड’ गरेर राखिएको आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने प्रमुख एसएसपी ढकालले बताए।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।