Logo कार्तिक १०, २०७७ सोमबार


सौराहामा सहकारी अवधारणामा हात्ती व्यवस्थापन

काठमाडौं । नेपालकै तेस्रो पर्यटकीय स्थल चितवनको सौराहामा सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका चितवन र नवलपरासीमा गरेर निजी क्षेत्रका करिब एक सय हात्ती रहेका छन् । पछिल्लो समय हात्ती चढेर जङ्गल सफारी गर्ने पर्यटक नआएपछि हात्ती पाल्न समेत मुस्किल हुँदा सहकारी अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताउनुभयो ।

अहिले जसको हात्तीले जति कमायो, त्यति नै व्यवसायीले पाउने गरेकोमा अब भने सबै हात्तीलाई सहकारीमा राखेर शेयर बाँडफाँट गरिने तिवारीको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार ती हात्तीमध्ये बुढा र अस्वस्थ हात्तीलाई काममा लगाइने छैन । प्रजनन् योग्यलाई प्रजनन् कार्यमा लगाइनेछ भने पर्यटक घुमाउन सक्ने तन्दुरुस्त हात्तीलाई मात्रै काममा लगाइनेछ ।

सहकारीको अवधारणासँगै ठूलो क्षेत्रफलमा जग्गा खोजी गरेर हात्तीका गतिविधि एकै ठाउँमा गर्ने गरी दीर्घकालिन योजना बनाइएको उहाँले बताउनुभयो । सबै हात्ती एकै ठाउँबाट व्यवस्थापन गर्दा खर्चमा कमी ल्याउने व्यवसायी बताउँछन् । एउटा हात्तीलाई एक महिनामा करिब एक लाख रुपैयाँ खर्च गर्नुपर्ने व्यवसायीको भनाइ छ । सौराहामा पालिएका हात्तीले त्यहाँ आउने पर्यटकलाई स्थानीय मध्यवर्ती सामुदायिक वनहरुमा घुमाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।