Logo कार्तिक १४, २०७७ शुक्रबार


भरतपुर अस्पतालमा घटे कोरोनाका बिरामी

फाइल तस्बिर

चितवन । चितवनको भरतपुरमा रहेको भरतपुर सङ्घीय अस्पतालमा कोरोना भाइरसका बिरामी घट्दै गएका छन् । सङ्क्रमण बढ्दै जाँदा अस्पतालको आइसोलेसन कक्षमा ८३ जनासम्म बिरामीले उपचार गराएकोमा अहिले १७ जना सङ्क्रमित मात्रै उपचाररत छन् ।

सङ्क्रमितहरु स्थानीय तहका आइसोलेसन, निजी मेडिकल कलेज तथा घरमा बस्न थालेपछि सरकारी अस्पतालमा यो सङ्ख्या घटेको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । सङ्क्रमितको सङ्ख्या घटेसँगै अस्पतालले सङ्क्रमित राख्न प्रयोग गरेको २३ वटा क्याबिन निर्मलीकरण गरेर अन्य रोगका बिरामी राख्न शुरु गरेको पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार पछिल्ला दिनमा बहिरङ्ग सेवाका बिरामी बढेर गएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार हाल जिल्लामा रहेका सङ्क्रमितमध्ये अस्पताल र स्थानीय तहका आइसोलेसनमा तीन सय ४९ जना तथा होमआइसोलेसनमा ६ सय ६४ रहेका छन् ।

घरमा बस्दा छिटो निको भएको अनुभव सङ्क्रमितहरुको रहेको तिवारीले बताउनुभयो । पछिल्लो समय लक्षण देखिएकाहरु मात्रै अस्पताल आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।