Logo कार्तिक १०, २०७७ सोमबार


सय वर्षभन्दा पुरानाे राणकालीन दरवारमा संग्रहालय

भगीरथ भण्डारी
इलाम । इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रहालय बनाउन काम धमाधम भईरहेको छ । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले राणकालीन दरवारलाई अरनिको संग्रहालय बनाउन थालिएको हो ।

सय वर्षे पुरानो यस भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजनाका साथ काम थालिएको हो ।
यस अघि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि काम थालिएको छ ।

संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका वेषभुषा, भाडावर्तन लगायतका सामग्री राखिने छ । अहिले केही सामान राखिएका छन त केही सामान आउने क्रममा रहेका छन् ।

त्यस्तै पुर्खाहरुले प्रयोग गरेका ढिकी, जाँतो, ठेकी, चर्खा, गरियो, पेचा, कोलजस्ता घरायसी सामग्री र पञ्चेबाजा जस्ता वस्तुहरुलाई संग्रहालयमा राख्न थालिएको छ । जिल्लामा बसोबास गर्ने राई, लिम्बू, शेर्पा, लाप्चा, सुनुवारलगायत विभिन्न जातजातिले प्रयोग गर्ने सांस्कृतिक सामग्री, भेषभुषालाई पनि संग्रहित गर्ने नगर साहित्य प्रतिष्ठान इलामका सचिव दिवाकर भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार भवनमा २२ वटा कोठा छन् । सबै कोठामा जातिय संकृतिका सामाग्री राख्ने तयारी भइरहेको छ । लोपोन्मुख सामग्रीहरु ल्याएर राख्ने काम भइरहेको छ । संग्रलायको प्रङ्गणमा पञ्चेबाजाका स्टाच्यु राख्ने काम पनि भएको छ ।संग्रहालय पुग्ने छेउमा एउट भवन बनाएर भाडामा लगाएको र दशैपछि देखि टिकट काटेर मात्र हेर्ने पाउने गरी तयारी गरिरहेको भण्डारीले जानकारी दिनुभयो ।

संग्रहालयमा आउने पर्यटकले इलाम नगरपालिकाका पर्यटकीय स्थलको पनि जानकारी पाउने छन् । जानकारी अनुसार जुन ठाउँमा जान मन लाग्छ त्यहाँ पर्यटक जान सक्ने छन् । संग्रहालयको बाहिर इलामका दशै स्थानीय तहमा उत्पादन हुने वस्तु पनि राख्ने सचिव भण्डारीले बताउनुभयो ।

राणा प्रधानमन्त्री जंगबहादुर राणको पालामा इलाममा बडाहाकिम भएर आउनुभएका उहाँका ज्वाइँ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिङ थापाले १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हाल्नुभएको थियो । दरवार १९२० को दशकमा बनेको इतिहासकार बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।