Logo कार्तिक १२, २०७७ बुधबार


खाद्यान्न र तरकारीको मूल्यमा अस्वभाविक वृद्धि,किन महँगियो मूल्य ?

मदन ढुङ्गाना/निरज तामाङ

काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक बस्तुको मूल्य छोइनसक्ने गरी बढेको छ । सरकारले लकडाउन गर्नुअघि चैतको पहिलो सातासम्ममा धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर २ सय २० रुपैयाँ थियो ।

६ महिनाको बीचमा यसको मूल्य ३० रुपैयाँले बढेर २ सय ५० पुगेको छ । ६ महिना पहिले स्टिम जिरा मसिनो प्रतिकिलो ६१ रुपैयाँ थियो । अर्थात २५ किलो बोराको १५ सय २५ रुपैयाँ पथ्र्यो ।

तर, असोजको दोस्रो सातासम्म आइपुग्दा चामलको मूल्य ११ रुपैयाँले बढेको छ । पातलो चिउरा जसको मुल्य चैतमा प्रति किलो ६७ रुपैयाँ थियो । लकडाउनपछि खुलेको बजारमा अहिले प्रतिकेजी चिउरा ७९ रुपैयाँ पुगेको छ । अर्थात १२ रुपैयाँले बढेको छ ।

यी त केहि प्रतिनिधि मूल्य मात्रै हुन् । बजारमा यतिखेर हरेक खाध्यान्न सामाग्री मूल्य १५ देखि २५ प्रतिशतसम्मले बढेको छ ।

हेर्नुहोस् खाध्यान्नको ६ महिनाअघि र ६ महिनापछिको मूल्य  : 

स्टिम जिरा मसिनो २५ किलोको
६ महिनाअघि– १५ सय २५ रुपैयाँ
६ महिनापछि– १८ सय रुपैयाँ
बास्मति चामल २० किलोको
६ महिनाअघि– २३ सय
६ महिनापछि– २६ सय
पातलो चिउरा प्रतिकिलो
६ महिनाअघि– ६७ रुपैयाँ
६ महिनापछि– ७९ रुपैयाँ
मुसुरोको दाल प्रतिकिलो
६ महिनाअघि– ९८ रुपैयाँ
६ महिनापछि– १ सय २० रुपैयाँ
मासको दाल प्रतिकिलो
६ महिनाअघि– १ सय ३०
६ महिनापछि– १ सय ४५
पिठो ५ किलोको
६ महिनाअघि– २ सय ७०
६ महिनापछि– ३ सय रुपैयाँ
भटमास प्रतिकिलो
६ महिनाअघि– १ सय रुपैयाँ
६ महिनापछि– १ सय १५ रुपैयाँ
चिनी प्रतिकेजी
६ महिनाअघि– ८० रुपैयाँ
६ महिनापछि– ९० रुपैयाँ
खाने तेल प्रति लिटर
६ महिनाअघि– १६५ देखि २ सय २० रुपैयाँसम्म
६ महिनापछि– १८५ देखि २ सय ५० रुपैयाँसम्म

यसरी ६ महिनाको बीचमा हरेक खाध्यान्नको मूल्य १५ देखि २५ प्रतिशतसम्म बढेको छ । उपभोक्ताहरु पहिलाको तुलानामा अहिले अत्याधिक मूल्य बढेको बताउँछन् । हरेक सामानको मूल्य पहिलको तुलानामा अस्वभाविक ढंगबाट बढेको उनीहरुको अनुभव छ ।

उपभोक्ता मात्रै होइन ब्यापारीले पनि खाध्यान्नको मूल्य बढेको महशुस गरेका छन् । उनीहरुका अनुसार पहिलेको तुलानामा केहि सामानको मूल्य बढेको छ ।

मूल्य जसरी बढेको छ, त्यसको फरकपना पनि त्यस्तै छ । हरेक पसल पिच्छे खाध्यान्नको मूल्यमा समेत फरक छ । एउटा पसलमा १ सय ४५ रुपैयाँमा पाइने दाल अर्कोमा १ सय ५० रुपैया लिने गरेका छन् । अझै भित्रि गाउँहरुमा यसको मूल्य १ सय १६० देखि १ सय ७० सम्म लिने गरेको पाइएको छ ।

कालाजाबजारी ऐन अनुसार अधिकतम २० प्रतिशतभन्दा बढि नाफा खान पाइदैन् । तर कतिपय ५० प्रतिशतसम्म बढि पैसा असुलेका छन् ब्यापारीले । कमजोर अनुगमन र ब्यापारीको मनपरीका कारण उपभोक्तालाई महँगीले थिचेको छ ।

तरकारी र फलफूल पनि महँगियो

खाद्यान्न मात्रै होइन, यस वर्ष तरकारी र फलफूलको मूल्यमा पनि वृद्धि भएको छ । केही केही तरकारीको मूल्यमा सामान्य गिरावट आएको भएपनि अधिकांश तरकारीको मूल्य बढेको छ । अझ दैनिक भान्सामा नभई नहुने आलु, प्याज र गोलभेंडाको मूल्यमा त व्यापक वृद्धि भएको छ ।

गत वर्ष आजैका दिन अर्थात् २०७६ साल असोज १२ गतेको केही तरकारी, फलफूल तथा माछाको मूल्य र अहिलेको केही मूल्यको हामीले मूल्य अन्तर हेरेका छौँ ।

गत वर्ष आजैका दिन औषतमा ५८ रुपैयाँ प्रतिकिलो रहेको ठूलो गेलभेंडाको मूल्य अहिले ९२ रुपैयाँ छ ।

त्यसैगरी गत वर्षको असोज १२ गते ३८ रुपैयाँ प्रतिकिलो रहेको सानो गोलभेंडाको मूल्य पनि अहिले औषतमा ९२ रुपैयाँ छ ।

यता माछा हेर्ने हो भने पनि गतवर्ष प्रतिकिलो २ सय ७० देखि २ सय ७५ रुपैयाँ रहेको रहु माछाको मूल्य अहिले बढेर ३ सय २५ देखि ३ सय ३० मा विक्री भइरहेको छ ।

तर केही केही तरकारीमा भने मूल्यमा गिरावट पनि आएको देखिन्छ ।

गतवर्ष करिब १ सय रुपैयाँ प्रतिकिलोमा विक्री भएको तिते करेलाको मूल्य अहिले औषतमा ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ ।

त्यसैगरी गतवर्ष प्रतिकिलो औषतमा १ सय ९५ रुपैयाँ रहेको रायोको साग अहिले प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गतवर्ष ९५ रुपैयाँ रहेको गाण्टेमुलको मूल्य अहिले ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तर यी सबै मूल्य कालीमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्य हो । यी सबै तरकारी तथा फलफूलको मूल्य उपभोक्ताको घरसम्म पुग्दा प्रतिकिलोमा कम्तीमा पनि ३० प्रतिशतले वृद्धि हुन्छ । आलु, प्याजको मूल्यमा त्यति धेरै वृद्धि नभएपनि तरकारीको मूल्यमा भने व्यापारीले कम्तीमा ३० प्रतिशतको नाफा राखेर बेच्छन् । जसको कारण बजारमा अहिले ५८ रुपैयाँमा पाइरहेको भिण्डीको मूल्य उपभोक्ताको घरसम्म आइपुग्दा यसको मूल्य ८० रुपैयाँ पुग्ने गरेको छ ।

सामान्यतः यो सिजन भनेको तरकारीका लागि अफ सिजन नै हो । जसका कारण पुष माघको समयमा भन्दा यस समयमा तरकारीको मूल्य दोब्बर हुन स्वभाविक नै हो । तर गत वर्षको तुलना गर्दा पनि केही तरकारीको मूल्यमा व्यापक वृद्धि भएको देखिन्छ ।

कालीमाटी तरकारी बजारका व्यापारीहरु पनि तरकारीको मूल्यमा वृद्धि भएको स्वीकार गर्छन् । अहिले भारतबाट आउने तरकारीमा कमी आएको, अफ सिजन भएको र माग बढेको कारणले पनि तरकारीको भाउ बढेको व्यापारी बताउँछन् ।

व्यापारीले तरकारीको मूल्यमा सामान्य वृद्धि आएको बताएपनि उपभोक्ता भने अत्याधिक वृद्धि भएको गुनासो गर्छन् । लकडाउन अगाडि ४० रुपैयाँ प्रतिकिलोको गोलभेंडा अहिले १ सय २० रुपैयाँमा किन्नुपरेको भन्दै अत्याधिक महङ्गी भएको बताउँछन् ।

आखिर तरकारीको मूल्यमा किन यति धेरै वृद्धि भयो त ? वाणिज्य विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कोरोना संक्रमणपछिको लकडाउनका कारण भारतीय तरकारीमा केही रोकवाट हुनु र अफ सिजनका कारण मूल्य वृद्धि भएको बताउनुभयो ।

हो, अहिले तरकारीको सिजन होइन । पुष र माघको तरकारीको मूल्य हेरेर अहिले मूल्य बढ्यो भन्न त मिल्दैन, तर पनि गत वर्षकै तुलना गर्दा पनि अधिकांश तरकारीको मूल्यमा वृद्धि भएको छ । अहिले लकडाउन खुलेको भएपनि तरकारीमा मूल्यमा नियन्त्रण आउन भने सकेको छैन ।

आखिर किन महँगियो बजारमूल्य ?

लकडाउनका कारण खाद्यान्न र अफ सिजनका कारण मात्रै तरकारी तथा फलफूलको मूल्य बढेको होइन । वाणिज्य विभागको फितलो अनुगमन, व्यापारीको कालोबजारी र उपभोक्ताको अज्ञानताका कारण पनि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक आकाशिएको छ ।

दाल, चामल, तेल, तरकारी, फलफूल, माछा मासु आदि सबैको मूल्य बढेको छ । दशैं र तिहार आउनै लाग्दा दाल, चामल, तेल आदिको खपत पनि बढ्ने हुँदा दशैं जति नजिकिन्छ, यस्ता दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि वृद्धि हुँदै जानसक्छ ।

वाणिज्य विभागले दैनिकरुपमा बजार अनुगमन गरेर केही केही व्यापारीलाई कारवाही गरेको भएपनि विभागको सक्रियतामा उपभोक्ताले अझै सन्तोष जनाउन सकेका छैनन् । किनभने उपभोक्ता चाहन्छन्, विभागले नियमित अनुगमन गरोस् र कालोबजारी गने व्यापारीलाई कारवाही गरोस् अनि मूल्य सस्तियोस् ।

वाणिज्य विभाग पनि केही खाद्यवस्तुको मूल्यमा वृद्धि भएको स्वीकार गर्छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी केही केही खाद्यवस्तुको मूल्यमा वृद्धि भएको भन्दै अब बिस्तारै त्यो घट्नुपर्ने बताउँछन् ।

अहिले सबैभन्दा बढी मूल्यवृद्धि तेलमा भएको भन्दै तेलको मूल्य बढ्नुमा कामदारको अभाव तथा भारतबाट आयात हुने कच्चापदार्थ पनि कारण रहेको विभागको भनाई छ ।

अहिले पनि नियमित अनुगमन भइरहेको र यदि कसैले कालोबजारी गरे वा अत्याधिक नाफा राखेर विक्री गरेमा कारवाही गर्ने गरेको सुवेदीले बताए ।

लकडाउनका कारण लामो समय बन्द रहेका पसलहरु पनि अहिले खुलेको भन्दै बजारमा मिति गुज्रिएका सामानको पनि विक्री हुनसक्ने भन्दै खरिद गरिएको सामानमा ध्यान दिन सुवेदीले उपभोक्तालाई आग्रह गरे ।

यदि कुनै व्यापारीले मिति गुज्रिएका सामान बेचे, बढि मूल्य लिएमा विभागमा खबर गर्न पनि सुवेदीले आग्रह गरेका छन् ।

अहिले पनि विभागले नियमित बजार अनुगमन गरिरहेको र उपभोक्ता अधिकारका लागि लागिरहेको महानिर्देशक सुवेदी बताउँछन् । चाडबाड नजिकिँदै गर्दा अनुगमनलाई थप प्रभावकारी बनाइएको भन्दै अहिले ‘अन द स्पोर्ट’ कारवाही गरिरहेको समेत विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।