Logo कार्तिक १०, २०७७ सोमबार


काठमाडौं उपत्यकामा यस कारण बढ्यो कोरोना भाइरसको संक्रमण

काठमाडौं। सरकारले बढी भीडभाडयुक्त जीवनशैलीका कारण काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको निष्कर्ष निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्नुमा बढी भीडभाडयुक्त स्थलहरु मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा जनस्वास्थ्य मापदण्डको पालना नभएको बताउनुभयो । यसले गर्दा कोरोनाको जोखिम बढ्दो अवस्थामा रहेको उहाँको भनाइ छ ।

गौतमले सार्वजनिक सेवा दिने सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुमा कोरोना जोखिम बढ्दो अवस्थामा रहेको बताउनु भयो ।

उहाँले विद्युत प्राधिकरण, खानेपानी संस्थान, मालपोत, टेलिकम, बैंक तथा वित्तीय संस्थाहरु, यातायातका टिकट काउण्टर, सपिङ मल, तरकारी बजार, रेष्टुराँ, वडा कार्यालयहरु, अस्पतालहरु र ब्यारेकहरु कोरोना संक्रमण बढाउनुमा मुख्य जिम्मेवार रहेको बताउनुभयो ।

प्रवक्ता गौतमले यी संस्थाहरुमा जनस्वास्थ्यको मापदण्ड पूरा नभएको प्रष्ट पार्नु भएको छ । उहाँले यस्ता संस्थाहरुमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन, २ मिटर दूरीको व्यवस्था कायम गर्न र मास्क प्रयोग अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।