Logo कार्तिक १४, २०७७ शुक्रबार


कक्षा ११ को परीक्षा स्थगित

विराटनगर । विराटनगर महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि तय गरेको कक्षा ११ को परीक्षा स्थगित गरेको छ ।

विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो ।

कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो । चारवटा विद्यालयमा कोरोना देखिएपछि तत्कालका लागि परीक्षा स्थगित गरिएको उहाँले बताउनुभयो । स्थगित परीक्षा स्कुलले अनुकुल समयमा गर्ने खतिवडाले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले एकरुपताका लागि समन्वय गरिदिएको बताउँदै अब विद्यालय अनुकुल समयमा सञ्चालन गर्ने बताएको छ ।

विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालय छन् । जसमा २६ वटा निजी स्तरका हुन् । ती विद्यायलमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी छन् ।

परीक्षाको निहूँमा दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।