Logo कार्तिक १४, २०७७ शुक्रबार


पेट्रोलियम पदार्थमा मिसावट र चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मिसावट र चोरी गर्नेविरुद्ध अपरेशन सञ्चालन गरेको छ ।

अपरेशन सञ्चालन गरेको दुई हप्तामा ६ जना पक्राउ परेका छन् । मंगलवार पेट्रोलमा मटितेल मिसावट गरेको अभियोगमा थप एक जना टयांकर चालक पक्राउ परेका छन् ।

ना ४ ख ३०८५ नम्बरको ट्याकंरका चालक सतिन सुवेदी नेपाल आयल निगमको थानकोट डिपोबाट पक्राउ परेका हुन् । उनले डिपोका लागि भारतको बरौनीबाट लोड गरेर ल्याएको २० हजार लिटर पेट्रोलमा मट्टितेल मिसावट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पेट्रोलमा मिसावट गर्नेविरुद्ध निगमले चलाएको अप्रेसनमा मंगलबार सुवेदी पक्राउ परेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

उनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीलाई बुझाएका प्रवक्ता उपाध्यायले बताउनुभयो ।

दुई साता अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न ६ जनालाई कारबाही गरिएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जरिवानसहित कैद सजाय हुनेगरी जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा चलाइने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।