Logo कार्तिक १०, २०७७ सोमबार


गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

बाँस्कोटाविरुद्ध छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय बुझाउनु अघि नै बाँस्कोटालाई पुनः मन्त्रालयको जिम्मा लगाउने तयारीमा प्रधानमन्त्री ओली रहनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू निकट नेता र मन्त्रीहरुसँग निवर्तमानमन्त्री बाँस्कोटालाई फेरि मन्त्री बनाउनु पर्नेमा जोड दिन थाल्नुभएको छ । काम गरे पनि अहिलेका मन्त्रीहरुले प्रचार नगरेको भन्दै ओली असन्तुष्ट रहनुभएको छ । निकटहरुले भने अख्तियारमा रहेको ७० करोड कमिसनको बार्गेनिङ काण्ड टुंगो लागेपछि मात्र मन्त्री बनाउन सुझाव दिएका छन् ।

निवर्तमान अख्तियार प्रमुख नवीन घिमिरेलाई बाँस्कोटाको मुद्दा टुंगो लगाएर जान भनिएकोमा अझै टुङ्गो नलागेपछि प्रधानमन्त्री ओली असन्तुष्ट रहनुभएको निकट स्रोतले बताएको छ । बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिनुभएको थियो ।

ओलीले अहिलेको चरणमै बाँस्कोटालाई मन्त्री बनाउने योजना बनाउनुभएको छ । मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नजुट्दा मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।